युवकको मृत्यु भएपछि माओवादी र राजपाबीच तनाव
ना ५ त १०९० नम्बरको ट्याक्टर चुनाव प्रचारका लागि प्रयोग गर्दा दुर्घटना भएको र युवकको ज्यान गएको प्रहरीले जनाएको छ। राजपाले भने माओवादी कार्यकर्ताले आक्रमण गरी हत्या गरेको भन्दै छानबिनको माग गरेको छ। राजपा नेपालका प्रवक्ता सन्तोषकुमार मेहताले विज्ञप्ती निकालेर घटनाको छानबिन र दोषिलाई कार्बाहीको माग गरेका छन्।
रापजा नेपालले मृतकका बाबु राजेन्द्र पटेललाई समेत आक्रमण गरेको आरोप लगाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले ट्याक्टर दुर्घटनामा युवकको ज्यान गएको जानकारी दिँदै, चुनाव प्रचारको क्रममा केही माओवादी केन्द्रका कार्यकर्ताहले धम्की दिएकाले ट्याक्टर भगाउने क्रममा दुर्घटना भएको र मृत्यु भएको आफन्तले दाबी गरेको बताएका छन्।
राजपा नेपालले निकालेको विज्ञप्तीमा भने आक्रमण बाट युवकको ज्यान भएको उल्लेख गरिएको छ।