भारतमा ‘बुलेट ट्रेन' विस्तारमा जापानले सहयोग गर्ने

भारतमा ‘बुलेट ट्रेन' विस्तारमा जापानले सहयोग गर्ने

नयाँ दिल्ली: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी समकक्षी सिन्जो आबेबीच भारतको रेल सेवाको सुधारका क्षेत्रमा कुराकानी भएको छ। उनीहरुबीच भारतको रेल सेवाको विकास र विस्तारका बारेमा कुराकानी भएको समाचारमा जनाइएको छ।

 

जापानी प्रधानमन्त्री आबे हाल भारतको औपचारिक भ्रमणमा छन्। उनीहरुबीच भारतीय राजधानी नयाँ दिल्लीमा बुधबार बिहान भेटवार्ता भएको थियो।

भारतमा पनि द्रुत गतिमा चल्ने रेल सेवा ‘बुलेट ट्रेन' को विस्तारमा जापान सरकारले सहयोग गर्ने भएको अधिकारीहरुले जनाएका छन्। भारतमा रेल सेवा पछिल्लो समयमा खतरनाक बन्दै गएको छ । धेरै भन्दा धेरै दुर्घटनाहरु यतिबेला रेलमार्गमा नै हुने गरेको बताइन्छ।

भारतमा सबैभन्दा सहज र सस्तो पनि रेल सेवा नै हो। एक अध्ययनका अनुसार भारतमा रेलले मात्र एक दिनमा कम्तीमा पनि २ करोड २० लाख यात्रुलाई सेवा दिने गरेको छ।

भारतको सरकारले सन् २०१२ मा प्रकाशन गरेको एक प्रतिवेदनअनुसार भारतमा हरेक वर्ष करिब १५ हजार नागरिकको रेल दुर्घटनामा परी ज्यान जाने गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.