त्रिशुली जलविद्युत केन्द्रमा आगलागी
नुवाकोट : मुसाले तार काटेपछि नुवाकोटको त्रिशुली जलविद्युत केन्द्रमा आगलागी भएको छ । आगलागी हुँदा नुवकोट २४ घण्टादेखि अन्धकार भएको छ। विदुर नगरपालिका वडा नम्बर १ त्रिसुलीमा रहेको केन्द्रमा २१ मेगावट क्षमताको परिसर ११ केभिए इनकमरमा आगलागी गतराति १० बजेतिर आगलागी भएको थियो ।
अझै दुईतीन मर्मत गर्न समय लाग्ने केन्द्र प्रमुख अशोककुमार पण्डितले बताए । चारदशकदेखि सञ्चालित उक्त जलविद्युत केन्द्र मर्मत गर्नुपर्ने अवस्थामा पुगेको छ । काठमाडौं रत्नपार्क वितरण केन्द्रबाट ईञ्जिनियर जयगोपाल शाहको टोलीले आगालागी भएको क्षेत्रमा अवलोकन सुरु गरेको छ ।