गुण्डा नाइके बाबु पुन पक्राउ
दाङ : दाङमा बाबु पुनको नामबाट गुण्डा नाइकेका रुपमा चिनिने पूर्ण बहादुर पुन पक्राउ परेका छन् । दाङ प्रहरीको अपराध नियन्त्रण तथा गुण्डागर्दी नियन्त्रण बिशेष अभियान अन्तरगत बाबु भन्ने पुर्ण बहादुर पुनलाई दाङको घोराहीबाट नियन्त्रणमा लिइएको दाङ प्रहरी प्रमुख दुर्गा सिहले जानकारी दिइन् । घोराही उपमहानगरपालिका वडा नं.१५ मा रहेका सिटी गार्डेन होटेलमा लुकिछिपी बसिरहेका बेला गुण्डा नाइके बाबु भन्ने पुर्ण बहादुर पुन र श्याम पुनलाई नियन्त्रणमा लिइएको प्रमुख सिहले जानकारी दिइन् ।
पुनका साथमा रहेका आठ हजार दुई सय असी रुपैयाँ, विभिन्न बैंकहरुका एटिएम कार्ड र रा३प ४७८२ नं.को २२० सिसीको रातो कालो पल्सर मोटरसाइकल समेत फेला परेको छ । उनीहरुको आवश्यक अनुसन्धान भइरहेको सिहको भनाई छ । पुनलाई संगठित अपराध अन्तरगत मुद्धा दर्ता गरिएको छ । विकास पुनको जाहेरीमा प्रहरीले बाबुलाई समातेको हो । पुनलाई २०७३ कार्तिक १८ गते बाबुको नेतृत्वमा आएको समूहले धारिलो हतियार प्रहार गरेर लुटपात समेत गरेको भन्दै पुनले दिएको जाहेरीको आधारमा बाबुलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।
घोराही उपमहानगरपालिका वडा नं.१४ फुर्सेखाली बस्ने बर्ष ३७ को विकास पुनलाई उपमहानगरपालिका वडा नं.१४ बस्ने बर्ष २८ को बाबु भन्ने पुर्ण बहादुर पुन, घोराही उपमहानगरपालिका वडा नं.१७ बस्ने बर्ष ३३ को श्याम पुन गरी १० जनाको समूहले हमला गरेको र त्यसको मुखय योजनाकार बाबु पुन रहेको प्रहरीले जानकारी दिएको छ ।
मुख्य योजनाकार बाबु भन्ने पुर्ण बहादुर पुनको समूहले प्रयोग गरेको बा.१९च. ७२४२ नं.को कार र रा३प ४७८२ नं.को २२० मोटरसाइकलमा संगठित रुपमा आएर तरवारले विकास पुनलाई प्रहार गरी घाइते बनाई विकास पुनको साथमा रहेको नगद १९ लाख ५१ हजार चार सय र १० तोलाको सुनको सिक्री र हातमा लगाउने ५ तोलाको ब्रासेट र २ तोलाको औठी समेत लुटेको आरोप छ ।
विकास पुन र बाबु पहिले एउटै समूहमा रहेको भए पनि अहिले यी दुई बीच ठूलो दुस्मनी रहेको छ । यस अघि बाबु पुनको जाहेरीमा विकास पुन समेत समातिएका थिए ।