देउवाका सय दिन: कागजमा १८ पृष्ठ उपलब्धि, व्यवहारमा ?
![देउवाका सय दिन: कागजमा १८ पृष्ठ उपलब्धि, व्यवहारमा ?](https://annapurnapost.prixacdn.net/media/albums/deuba-59ba8ebbec7834.28061653_FF9b5yTdCm.jpg)
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एक सय दिन गरेका कामको उपलब्धि सार्वजनिक गरेको छ । २०७४ जेठ २४ गते गठन भएको सरकारले सय दिन पूरा गरेको अवसरमा अहिलेसम्मका उपलब्धि सार्वजनिक गरेको हो । संविधानको कार्यान्वयनको सिलसिलामा आवश्यक पर्ने सबै तहको निर्वाचन समयमै सम्पन्न गर्नुपर्नै मूल जिम्मेवारीका साथ सरकारले कार्यभार सम्हालेको सरकारका उपलब्धिमा उल्लेख गरिएको छ । कागजमा प्रधानमन्त्रीका उपलब्धिलाई १८ पृष्ठमा समेटिएको भए पनि व्यवहारमा भने दोस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न गर्नु बाहेक अन्य थप उपलब्धि उत्साहजनक देख्न सकिँदैन।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)