रोनाल्डो फर्किएपछि रियल म्याड्रिड लयमा

रोनाल्डो फर्किएपछि रियल म्याड्रिड लयमा

एजेन्सी : रेफ्रीको निर्णयप्रति असहमति जनाउँदै आक्रोश पोखेपछि प्रतिबन्धमा परेको पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो मैदानमा फर्किएपछि स्पेनिस ला लिगा क्लब रियल म्याड्रिड पुनः लयमा देखिएको छ। रियलले च्याम्पियन्स लिग फुटबलको बिहीबार घरेलु मैदानमा खेलिएको खेलमा एपोल निकोसियालाई ३-० गोलले हरायो। जितसँगै रियल लगातार तेस्रोपटक च्याम्पियन्स लिगको उपाधि जित्ने अभियानमा अगाडि बढेको छ।

रियलको सजिलो जितमा रोनाल्डोले दुई गोलको योगदान गरे। खेल सुरु भएको १२औं मिनेटमै रोनाल्डोले टोलीका लागि पहिलो गोल गरेका थिए। ५१औं मिनेटमा उनले पेनाल्टीमार्फत गोल गर्दै रियललाई २-० ले अगाडि बढाए। रियलका लागि तेस्रो गोल भने ६१औं मिनेटमा सर्जियो रामोसले गरेका थिए। रियलले खेल अवधिभर साइप्रसको क्लब निकोसियालाई दबाबमा राखेको थियो।

स्पेनिस सुपर कप फुटबलको फाइनलमा रेफ्रीको निर्णयप्रति असहमति जनाउँदै आक्रोश पोखेपछि निलम्बनमा परेका रोनाल्डो त्यसयता पहिलो पटक मैदानमा ओर्लिएका हुन्। पाँच खेलको प्रतिबन्धमा परेका रोनाल्डोको प्रतिबन्ध अवधि एक खेल अझै बाँकी रहे पनि उनलाई युरोपेली प्रतियोगिता खेल्न भने छुट दिइएको हो। ‘रोनाल्डोप्रति म विश्वस्त छु र आगामी खेलमा पनि उनको यो लय कायमै रहने आशा गर्छु’, खेलपछि रियलका प्रशिक्षक जिनेदिन जिदानले भने।

रोनाल्डोले च्याम्पियन्स लिगमा गरेको गोलसंख्या एक सय सात पुगेको छ। रियलले विगत आठ वर्षयता घरेलु मैदानमा खेलिएको च्याम्पियन्स लिगको समूहगत चरणको कुनै पनि खेलमा पराजय भोगेको छैन। स्पेनिस ‘पावर हाउस’ रियलले च्याम्पियन्स लिगअन्तर्गत घरेलु मैदानमा खेलिएका पछिल्ला १३ मध्ये १२ खेलमा जित हात पारेको छ। समूह ‘एच’ अन्तर्गतकै अर्को खेलमा इङ्लिस क्लब टोट्टनहामले घरेलु मैदानमा जर्मन प्रतिद्वन्द्वी बोरुसिया डर्टमन्डलाई ३-१ गोलले पाखा लगायो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.