एक वर्षमा कुलमानले के-के गरे

एक वर्षमा कुलमानले के-के गरे

काठमाडौं : गत वर्षको लक्ष्मीपूजाका दिनदेखि अनवरत आपूर्ति भइरहेको बिजुलीलाई लिएर अधिकांशले विविध टिप्पणी गरेका थिए। कोहीले विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले ‘कुलेखानीको जलाशय रित्यायो' भनेर फेसबुकमा लेखे। कोहीले ‘अबको मंसिरपछि टुकी बाले मात्र अन्धकार हट्छ' भनेर उडाए। स्वयं प्राधिकरणभित्रकै कतिपय इन्जिनियरलाई पनि विश्वास थिएन कि उपत्यकामा २४ घन्टा बिजुली आपूर्ति गर्न सकिन्छ भनेर।

 

‘लोडसेडिङ अन्त्य गर्न सकिन्छ भन्दा आमनागरिकले पत्याउने अवस्था थिएन तर माग र आपूर्तिको कुशल तथा वैज्ञानिक व्यवस्थापन गर्न सकिएमा तत्काल हट्न सक्छ भन्नेमा हामी दृढ थियौं', आफ्नो कार्यकाल एक वर्ष पूरा भएको दिन पारेर घिसिङले बुधबार प्राधिकरण मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘त्यसैअनुसार विद्युत्को चुस्त व्यवस्थापनमा म र मेरो टिम क्रियाशील भयौं र सफलता हासिल गर्‍यौं।'

‘लक्ष्मीपूजाका दिन हासिल भएको सफलताले हामीलाई थप हौसला प्रदान गर्‍यो, त्यसपछि पहिलो चरणमा राजधानीसहित मुलुकका प्रमुख सहरमा लोडसोडिङ अन्त्य गर्नतर्पm केन्द्रित भयौं, अन्ततः हाम्रो प्रयास सफल भयो र मुलुकलाई उज्यालोतर्फ अगाडि बढाउन सफल भयौं', घिसिङको भनाइ थियो। घिसिङले हाल औद्योगिक क्षेत्रमा बेलुकाको दुईदेखि तीन घण्टाबाहेक विद्युत् आपूर्तिका कारण देशभरि लोडसेडिङ नभएको जानकारी दिए। उनले भैरहवालगायत देशका केही स्थानमा सबस्टेसन, ट्रान्सफर्मर तथा वितरण लाइन ओभरलोडका कारण केही घन्टा लोडसेडिङ गर्नुपर्ने बाध्यात्मक स्थिति रहेको बताए। ‘यो समस्यालाई निकट भविष्यमा नै समाधान गर्न हाम्रो सम्पूर्ण प्रयास जारी छ', उनले भने। आगामी हिउँदमा पनि बिजुली आपूर्ति निरन्तर हुने घिसिङले जानकारी दिए।

कुलमानका आगामी योजना
-जलाशययुक्त र पिकिङ आयोजनाहरू निर्माणलाई तीव्रता
-पूर्व-पश्चिमका उच्च भोल्टेज प्रसारण लाइन बनाउने
-विद्युत् चुहावट ३ प्रतिशत घटाउने
-पम्प स्टोरेज कार्यान्वयन गर्ने

माग व्यवस्थापनअन्तर्गत कम बिजुली खपत गर्ने एलईडी बत्ती वितरण र २५ मेगावाटको सौर्य ऊर्जा जडान गर्न पाएको भए अन्य विद्युत् गृहमा प्राविधिक गडबडी भएर बन्द गर्नुपरेको अवस्थामा आपूर्तिलाई अलि सहज र लचिलो बनाउन सकिने उनले बताए। ‘एलईडी र सौर्य ऊर्जा जडान गर्न पाएको भए लोडसेडिङ ९९ प्रतिशत नहुने सम्भावना थियो', उनले भने, ‘तर नभए पनि राजधानीलगायत प्रमुख सहरमा बिजुली आपूर्ति निरन्तर हुनेछ।'
एलईडी बत्तीको आपूर्ति प्रक्रिया मिलाउन केही समय लाग्ने र सौर्य ऊर्जामा बढी रकम कबोल गर्ने ठेकेदारलाई ठेक्का दिन लागेको भन्दै लेखा समितिले पुनः टेन्डर गर्न निर्देशन दिएपछि यी दुवै प्रक्रिया ठप्प छन्।

गत वर्ष प्रणालीमा कुल बिजुलीको भाग एक हजार दुई सय ५० मेगावाट थियो र आगामी हिउँदामा एक हजार तीन सयदेखि एक हजार तीन सय ५० मेगावाट हुने अनुमान छ। कुलेखानीको जलाशय गत वर्षभन्दा एक मिटर धेरै (कुल २०२३ मिटर) रहेको र उच्चतम खपतका बेला भारतबाट तीन सय प्राधिकरणको आफ्नै तीन सय ५० र निजीक्षेत्रको तीन सय ५० मेगावाट आपूर्ति गरी बिजुलीलाई निरन्तरता दिने योजना रहेको घिसिङले सुनाए।

कुलमानको कार्यकालमा प्राधिकरणको खुद घाटा पनि उल्लेखनीय रूपमा घटेको छ। अघिल्लो वर्ष आठ अर्ब ८९ करोड खुद घाटा रहेकोमा प्राधिकरणले तीन प्रतिशत चुहावट घटाउँदा यस्तो घाटा ९७ करोड रुपैयाँमा सीमित हुन पुगेको हो। गत २०७२ सालमा आएको भूकम्पका कारण ४५ मेगावाटको भोटेकोसी प्रणालीबाट बाहिरिँदा भोटेकोसीलाई दुई अर्ब ४० करोड रुपैयाँ भुक्तानी गर्नु नपरेका कारण पनि प्राधिकरणको घाटा कम हुन गएको हो।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.