ओली आज तराई जादै

ओली आज तराई जादै

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज तराई जाने भएका छन् । प्रदेश २ मा असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि अन्तिम चुनावी सभा सम्बोधन गर्न ओली तराईका विभिन्न स्थानमा पुग्ने भएका हुन् । एमालेले प्रदेश-२ मा समेत पहिलो पार्टी बन्ने अभियान स्वरुप सबै शीर्ष नेतालाई विभिन्न स्थानीय तहमा खटाएको छ।

 

ओलीले शुक्रबार जितपुर-सिमरा उपमहानगरपालिका र बर्दिया नगरपालिमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए।प्रदेश २ को निर्वाचनलाई सबै दलले प्रतिष्ठाको विषय बनाएका छन् । एमालेले पनि प्रचारप्रसारलाई तिब्रता दिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीबाहेक सबै नेता केही दिनअघिदेखि तराईंमै केन्द्रित भएर चुनावी प्रचारमा जुटेका छन् ।

थापाका अनुसार वरिष्ठ नेता माधव नेपाल गृहजिल्ला रौतहटका चुनावी कार्यक्रममा व्यस्त छन्। नेपाल बारा, पर्सा र महोत्तरीका चुनावी सभामा पुग्ने कार्यक्रम छ। नेता झलनाथ खनालले शुक्रबार बाराका विभिन्न स्थानीय तहमा पुगेर प्रचार प्रसारलाई तीर्वता दिँदै छन्।

उपाध्यक्ष वामदेव गौतम र भीम रावल विभिन्न जिल्लाका चुनावी कार्यक्रममा सहभागी हुँदै छन्। महासचिव ईश्वर पोखरेल वीरगञ्ज महानगरपालिकामा बढी प्रभावित क्षेत्रमा केन्द्रित हुँदै बारा र पर्साका विभिन्न कार्यक्रममा सक्रिय भएर अहिले महोत्तरीका विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् । पोखरेल शुक्रबार सिरहा र सप्तरीका कार्यक्रमहरुमा केन्द्रित हुनेछन्।

पार्टी सचिव प्रदीप ज्ञवाली केही दिनयता तराईमै छन्। बिहीबारदेखि भने सचिव ज्ञवाली सिरहामा केन्द्रित भएका छन्। अर्का सचिव भीम आचार्य सप्तरीमा केन्द्रित छन्। सचिव गोकर्ण विष्ट शुक्रबार सर्लाही पुग्दै छन्। सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई सप्तरी, सिरहा, धनुषा र महोत्तरीका कार्यक्रमहरुमा सक्रिय रुपमा सहभागी भइरहेका छन् शुक्रबार भने सर्लाहीका नगरपालिकाकेन्द्रित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.