सबैको प्रिय लिपस्टिक

सबैको प्रिय लिपस्टिक

 

अनुहारमा जति मेकअप गरे पनि लिपस्टिक नलगाई त्यो पूरा हुँदैन । लिपस्टिकप्रति विश्वविख्यात सेलिब्रेटीदेखि साधारण महिलासम्ममा पनि उत्तिकै क्रेज देखिन्छ । क्रिम पाउडर जति लगाए पनि मेकअप पूरा गर्न लिपस्टिक अनिवार्य मान्छिन् ब्युटिसियन गुड्डी जोशी । वीरगन्जस्थित आदर्शनगरमा १५ वर्षदेखि फेमिन ब्युटी होम सञ्चालन गर्दै आएकी जोशीका अनुसार सधैं राम्रो ब्रान्डको लिपस्टिक रोज्नुपर्छ । सस्तो, रङ राम्रो भनेर जस्तो पायो त्यस्तै लिपस्टिक लगाउनु हुँदैन । यसले ओठलाई कालो बनाउने, सुक्खा बनाउने, नीलो बनाउने, दागजस्तो देखाउने समस्या ल्याउन सक्छ ।



सेक्सी लुक दिन गाढा रङ

टेलिजिभिजन पर्सनालिटी एवं मोडेल किम कादर्सिन अलि गाढा रङका लिपस्टिक मन पराउँछिन् । यस्तो रङले सेक्सी लुक दिने उनको भनाइ छ । उनको यो छनोट विश्वमा धेरैले पछ्याउने गरेका छन् । विशेष कार्यक्रम एवं फोटो सुटमा उनले प्रायः यही रङको लिपस्टिक प्रयोग गर्ने गरेकी छन् । बालकलाकारबाट पप गायिका बनेकी माइली साइरस रातो लिपस्टिककी पारखी हुन् । उनी म्याक कम्पनीको लेडी ड्यान्जर ब्रान्डका रातो र सुन्तला रङ मिसिएको लिपस्टिक प्रयोग गर्छिन् । रातो लिपस्टिक मन पराउने अर्की सेलिब्रेटी हुन्, रीता ओरा । उनी पनि म्याक कम्पनीको लिपस्टिक प्रयोग गर्छिन्।

म्याकप्रेमी बलिउड सेलिब्रेटी

बलिउड सेलिब्रेटीको कुरा गर्दा नायिका दीपिका पादुकोणे रातो रङमा रिरि उ, एनवाईएक्स बटर लिपस्टिक, ईएनवाईएक्स हाइ भोल्टेज लिपस्टिक, इस्टे लउडर प्रयोग गर्छिन् । पूर्व विश्वसुन्दरी प्रियंका चोपडा मेकअप सेन्स भएकी अभिनेत्री हुन् । म्याक कम्पनीकै स्पाइस उनलाई मन पर्ने लिपस्टिक हो । एक सन्तानलाई जन्म दिएपछि हट फोटोसुटका कारण चर्चामा रहेकी नायिका करिना कपुर म्याकको चेरिस र भिभा ग्लाम भी लिपस्टिक मन पराउँछिन् । उनलाई मन पर्ने ब्रान्ड ल्यान्कम याब्सोलु पनि हो । बलिउडमा चुलबुले नायिकाको छवि बनाएकी सोनाक्षी सिन्हा इङ्लोटको ४०१ नम्बरको लिपस्टिक लगाउने गर्छिन् ।

नियमित रूपमा लिपस्टिक लगाउनेका लागि म्याटभन्दा ग्लसी राम्रो मानिन्छ । म्याट लिपस्टिक दिनभरि ओठमा रहिरहने हुनाले यसका रसायनले ओठलाई हानि पुर्‍याउन सक्छ । ग्लसी केही समयमा मेटिने भएकाले बेलाबेला थपिरहनुपर्छ तर ओठलाई हानि गर्दैन।

अर्की पूर्वविश्वसुन्दरी एवं अभिनेत्री ऐश्वर्या राय लोरियल ब्रान्डकी पारखी हुन् । सदाबहार नायिका काजोल देवगनलाई म्याकको गुलाबी रङको पेन्सिल लिपस्टिक मन पर्छ भने नायिका विद्या बालन फलफूलको वासनायुक्त भिक्टोरियाज सेक्रेटको लिप बाम लगाउने गर्छिन् । अर्की नायिका नर्गिस फाक्रले रिम्मेल लन्डनका लिपस्टिक लगाउने गरेकी छन् । सिल्पा सेट्ठीलाई इस्टी लउडरका रङहरू मन पर्छ । हरेक सेलिब्रेटीको आआफ्नै छनोट भए पनि धेरैजसो बलिउड अभिनेत्री म्याकका उत्पादन प्रयोग गर्छन् ।

विविधता खोज्छन् नेपाली नायिका

नेपाली चलचित्रमा क्रियाशील अभिनेत्रीहरू पनि लिपस्टिकका पारखी छन् । ‘मेरो अनुहारमा जति मेकअप गरे पनि लिपस्टिक नलगाउन्जेल मेकअप खुल्दैन’, नायिका केकी अधिकारीले भनिन् । उनको बुझाइमा मेकअपमा सबभन्दा जरुरी भनेकै लिपस्टिक हो । उनी प्रायः लोरियलका लिपस्टिक लगाउँछिन् । यसबाहेक सिफोरा, म्याक लगायतका ब्रान्ड पनि उनलाई राम्रो लाग्छ । लिपस्टिकका रङमा उनी विविधता मन पराउँछिन् ।

पछिल्लो समय सबभन्दा व्यस्त नायिका प्रियंका कार्की म्याक, हुडा ब्युटी, काइली कस्मेटिक, अर्बन डीके ब्रान्डका लिपस्टिक प्रयोग गर्छिन् । उनी पिच, न्युड लगायतका हल्का रङ बढी मन पराउँछिन् । कहिलेकाहीँ विशेष समारोहमा रातो रङ पनि लगाउँछिन् । मेकअपमा लिपस्टिकको महत्वपूर्ण भूमिका हुने उनको भनाइ छ । अनुहारमा पाउडरमात्रै लगाए पनि लिपस्टिक लगाउन उनी कहिल्यै छुटाउँदिनन् । लिप ग्लस भने उनलाई त्यति मन पर्दैन ।

म्याटभन्दा ग्लसी राम्रो

हिजोआज म्याट लिपस्टिकको चलन बढेको छ । सेलिब्रेटीले पनि मेकअपलाई लामो समयसम्म टिकाउन म्याटलाई प्राथमिकता दिन्छन् । तर, गुड्डीका अनुसार नियमित रूपमा लिपस्टिक लगाउनेका लागि म्याटभन्दा ग्लसी राम्रो मानिन्छ । म्याट दिनभरि ओठमा रहिरहने हुनाले यसका रसायनले ओठलाई हानि पुर्‍याउन सक्छ । ग्लसी केही समयमा मेटिने भएकाले बेलाबेला थपिरहनुपर्छ तर ओठलाई हानि गर्दैन । उनका अनुसार कसैको ओठ कालो र सुक्खा छ भने उसले राती सुत्नुअगाडि हल्का रङको ग्लसी लिपस्टिक लगाएर बिहान गुलाबजलले पुछ्ने गर्नुपर्छ । यसले ओठको कालोपना हटाउँछ ।

अनुहारको रङअनुसार लिपस्टिक

कालो वर्णका महिलालाई रातो र कलेजी रङका लिपस्टिक त्यति सुहाउँदैन । यसले अनुहारलाई अझै डल बनाइदिन्छ । यस्ता रङ भएका महिलाले गुलाबी, पिच, हल्का खैरो र हल्का सुन्तला रङका लिपस्टिक लगाए आकर्षक देखिन्छ । गहुँगोरो छालाका लागि चेरी रेड, ब्लड रेड र फायर रेड सकेसम्म नलगाएकै राम्रो । उनीहरूलाई हल्का रातो र सुन्तला रङ सुहाउँछ । गोरो छालाका लागि रातो रङ असाध्यै राम्रो देखिन्छ । त्यसैगरी कलेजी, सुन्तला, गुलाबी रङ पनि सुहाउने ब्युटिसियन गुड्डी जोशीको भनाइ छ ।

कसरी लगाउने ?

पहिले लिपस्टिकको रङभन्दा फरक रङको लाइनर लगाउने चलन थियो । हिजोआज जुन रङको लिपस्टिक छ त्यस्तै रङको लिप लाइनर लगाउन थालिएको छ । पातलो खालको ओठ छ भने ओठभन्दा एक तह माथि लाइनर लगाउने र त्यसभित्र लिपस्टिक लगाउँदा आकर्षक देखिन्छ । यसो गर्दा ओठ अलि मोटो देखिन्छ । त्यसैगरी मोटो ओठका लागि ओठभन्दा एक तह तल लिप लाइनर लगाउने र त्यसपछि लिपस्टिक लगाउनुपर्छ । यसो गर्दा ओठ अलि पातलो र आकर्षक पनि देखिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.