आज रातिबाट मौन अवधि, दलहरु अन्तिम चुनावी प्रचारमा
![आज रातिबाट मौन अवधि, दलहरु अन्तिम चुनावी प्रचारमा](https://annapurnapost.prixacdn.net/media/albums/Election_Commission_Nepal--59bb8b51da1235.17284546_YgwtHOGfRn.jpg)
काठमाण्डौं : प्रदेश २ मा निर्वाचन प्रचार शुक्रबार मध्यरातदेखि बन्द भर्इ ४८ घन्टे मौन अवधि सुरु हुनेछ।
शुक्रबार राति १२ बजे मौन अवधि सुरु भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, आममतदाता तथा सञ्चारमाध्यम कसैले कुनै पनि प्रकारको निर्वाचन प्रचार गर्न नपाउने व्यवस्था छ।
निर्वाचन आयोगले मौन अवधिभर निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने, मतदान केन्द्रको तीन सय मिटर वरिपरि राखिएका निर्वाचन चिन्ह तथा प्रचारप्रसारका सामग्री हटाउनुपर्ने जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)