दीपकलाई रेखा थापाले प्रेम प्रस्तावको जवाफ नदिएपछि..

दीपकलाई रेखा थापाले प्रेम प्रस्तावको जवाफ नदिएपछि..

काठमाडौं : गायक परशुराम रिजालको नयाँ गीत‘बिहे गर भन्छिन् आमाले, फकाइ रहन्छन् बाबाले’ बजारमा आउने तयारीमा रहेको छ। जसको लिरिलक भिडियो बनेको छ। दीपक क्षेत्रीको शब्द तथा संगीतमा तयार भएको गीतमा पछिल्लो समयकी चर्चित नायिका रेखा थापाको विषय जोडिएको छ।

रेखा थापालाइ प्रेम प्रस्ताव राख्दा जवाफ नदिएपछि दीपकले यो गीत कोरेको र यसको भिडियो समेत तयार गर्ने क्रममा रहेको निर्माण युनिटले जनाएको छ।

नायिका थापाले रेकर्डिङका लागि अनुमती दिएपछि यो गीत रेकर्ड गरिएको गायक रिजालले बताए। गायक रिजालका अनुसार गीतकार दीपकले आफ्नो वास्तविक जीवनमा आधारित रहेर यो गीत तयार गरेको जानकारी दिए। गीतको भिडियो चाँडै आउने निर्माण पक्षले बताएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.