सधैं गुञ्जिरहने त्यो आवाज
कार्यालयमा बसी मेडिकल डिक्सनरी हेर्दै थिएँ म ।समय बिताउन यो बडो राम्रो उपाय सम्झन्थेँ । सेवाग्राहीहरू फाट्टफुट्ट आउनेजाने क्रम जारी नै थियो । म एकाग्र चित्तमा डिक्स्नरीमा हराएछु । कात्तिक महिनाको पारिलो घाममा कार्यालयमा रहेर पनि एकाएक बेलुकाको हावा हुरीसँग जुध्ने उपाय सुल्झाउने मनसुवा थियो— मनमा ।
प्राकृतिक छटाले भरिपूर्ण त्यस ठाउँ । मानौं, स्वर्गको एक टुक्रा पृथ्वीमा झरेको त हैन भन्ने भान हुन्थ्यो मलाई । वरिपरि हरियो जंगल, पारिलो घाम, मिलनसार साथीहरू भएर पनि मन चञ्चल भई नै रहेको थियो । म पूर्वको मान्छे, सुदूरपश्चिमको एक विकट तर ठूलो र सम्पन्नशाली जिल्लाको चर्चा गर्दा मन नै प्रसन्न हुन्छ । तर, स्थिति कहाँ रमाइलो थियो र ? प्राकृतिक सौन्दर्यले मात्र मानिस सन्तुष्ट नहुँदो रै'छ । मानिस आफैंले सिर्जेको परिस्थितिले मन खुस वा बेखुस बनाउँदो रहेछ ।
कार्यालयमा बसी मेडिकल डिक्सनरी हेर्दै थिएँ म ।समय बिताउन यो बडो राम्रो उपाय सम्झन्थेँ । सेवाग्राहीहरू फाट्टफुट्ट आउनेजाने क्रम जारी नै थियो । म एकाग्र चित्तमा डिक्स्नरीमा हराएछु । कात्तिक महिनाको पारिलो घाममा कार्यालयमा रहेर पनि एकाएक बेलुकाको हावा हुरीसँग जुध्ने उपाय सुल्झाउने मनसुवा थियो— मनमा ।
प्राकृतिक छटाले भरिपूर्ण त्यस ठाउँ । मानौं, स्वर्गको एक टुक्रा पृथ्वीमा झरेको त हैन भन्ने भान हुन्थ्यो मलाई । वरिपरि हरियो जंगल, पारिलो घाम, मिलनसार साथीहरू भएर पनि मन चञ्चल भई नै रहेको थियो । म पूर्वको मान्छे, सुदूरपश्चिमको एक विकट तर ठूलो र सम्पन्नशाली जिल्लाको चर्चा गर्दा मन नै प्रसन्न हुन्छ । तर, स्थिति कहाँ रमाइलो थियो र ? प्राकृतिक सौन्दर्यले मात्र मानिस सन्तुष्ट नहुँदो रै'छ । मानिस आफैंले सिर्जेको परिस्थितिले मन खुस वा बेखुस बनाउँदो रहेछ ।
जागिरे यात्राको पहिलो दिन नै म डराइसकेको थिएँ । माओवादी द्वन्द्वको सुरुकालीन समय थियो । लोकसेवाबाट सिफारिस भई हाजिर हुन गएको पहिलो दिन नै 'डाक्टर मात्र आया कि दबाइमुलो पन ल्याया' भनी एक जना अधबैंसे नराम्रोसँग कराएका थिए । उनको आवेग देखेर म एकदम रातो भएछु । पछि सहायक कर्मचारी साथीहरूले सम्झाएका थिए ।
कताकता यहाँका सबै मानिस त्यस्तै पो हुन् कि जस्तो पनि लागिरहेको थियो ।
म जागिरको लागि घरबाट निस्केको २०-२२ दिनमात्र भएको थियो । तर, मेरो मन साना लालाबालाको सम्झनाले छट्पटाइसकेको थियो । त्यसैले एक महिनाको तलब पनि हात नपार्दै घर आएँ ।
घर त सबै उस्तै पो लाग्यो । हिजो मैले छोडेर जाँदाको जस्तै ।दुई हप्ताजति घर बसेर म पुन; कार्यस्थलतिर लागेँ । पुसको अन्तिम हुन लागिसकेको थियो । जाडोले मुटु काँपिरहेको थियो । थकाइ पनि उस्तै थियो । काभ्रेदेखि अछामसम्मको यात्रा थकाइ नहोस् कसरी ?
पुस बितेर माघ सुरु भयो । एकदिने आफ्नै कार्यालयमा घाम तापेर डिक्सनरीका साथ समय काट्दै थिएँ । एकजना महिला आफ्नो बच्चा लिएर उपचारका लागि आइन् । म पहिला मूल दर्तामा नाम दर्ता गर्न लागेँ । तिनले भनिन्, 'साह्रै भयाको छ, हेर पन नान्कालाई ।' मैले ती महिलाको मुखमा पुलुक्क हेरेँ, तिनले लाजले मुन्टो झुकाइन् । स्वास्थ्यचौकीको ढोकामा छिमेकी भक्तबहादुर कुन बेलादेखि उभिइरहेको रहेछ । मैले देखेँ उसलाई ।
ती महिलाले त्यो मृत बच्चाको लास आफैंले बोकेर रुँदैरुँदै लगिन् । पर पुग्दासम्म उनलाई हेरिरहेँ । धेरै पछिसम्म पहाडमा प्रतिध्वनि भइरहेको थियो ती महिलाको रुवाइको आवाज ।
पुरानो चिन्तन गाडिएर बसेको थियो गाउँको संस्कारमा । घरमा देउता भाक्नेदेखि पूजाआजा नगरी औषधि खुवाउन हुँदैन भन्ने चिन्तन थियो । म बच्चालाई हेर्न महिलातिर बढ्दै थिएँ । एक्कासि भक्तबहादुर करायो, 'राणाका ठुसुक्क रह्या । क्यान आई यहाँ लास लिइकन (तिमीहरू सबै मर्यौ । किन यहाँ लास लिएर आएको ? )।' यस्तै के के भन्दै ती महिलालाई गाली गर्दै रह्यो ।
मैले त्यो बच्चालाई ती महिलाकै काखमा हेरेँ ।
भक्तबहादुरले त्यो दिन मलाई बचायो । भक्तबहादुर नभएको भए म माथि विभिन्न लाञ्छनाहरू थोपरिन्थे होलान् । उसले ती महिलासँग बयान लियो । क्या भो ? भन् । ती महिलाले रुँदै जवाफ दिइन्, 'बुखार हुनो, दूध पन खाया नाइँ, स्याँस्याँ हद्दो ।'
मलाई भक्तबहादुरले सबै कुरा नेपालीमा बुझायो । म अछामे भाषा बुझ्दिनँ भन्ने उसलाई राम्रोसँग थाहा थियो ।
निमोनियाका कारण बच्चाको मृत्यु भइसकेको रहेछ । ती महिलाले थाहा नपाएर उपचारका लागि स्वास्थ्यचौकी लिएर आएकी थिइन् वा घरमा बच्चा जिउँदै थियो र उपचारका लागि लिएर आइन्् । मलाई थाहा भएन ।
हाम्रो देशको रहनसहन, रीतिरिवाज, चालचलन, परम्परा पनि अचम्मको छ भन्या । म त्यस दिनको घटना हेरेर अचम्ममा परेँ । उपल्लो जातका मानिसहरूले तल्लो जातका मानिसको लास पर्दासमेत सहयोग नगर्ने कुसंस्कार त्यही दिन थाहा पाएँ मैले । अरू दुईचारजना पनि जम्मा भए । तर, सबै मूकदर्शक मात्र ।
अछामे चलनमा मात्र हो वा सबै उपल्लो जातकाहरूले यसो गर्छन् । त्यहाँ सबैजसो ठकुरी जातका मानिसहरूको बसोबास भएको हुँदा कामीको बच्चाको त्यो लास कसैले छोएनन् र अन्तमा ती महिला आफैंले च्यापेर घरतिर लागिन् ।
ती महिलाले त्यो मृत बच्चाको लास आफैंले बोकेर रुँदैरुँदै लगिन् । पर पुग्दासम्म उनलाई हेरिरहेँ । धेरै पछिसम्म पहाडमा प्रतिध्वनि भइरहेको थियो ती महिलाको रुवाइको आवाज ।
मैले भक्तबहादुरलाई सोधेँ, 'किन राजा ती महिलाको काखबाट लास झिक्न मिल्दैनथ्यो ? '
'राणाका (गाली गर्यो उसले ) डुमको लास बोकिकन को जान्या हो ? ', भक्तबहादुरको रूखो जवाफले नराम्ररी घोच्यो मलाई । आखिर लास त लास थियो । के लासको पनि जात हुन्छ र ? विडम्बना ! हाम्रो सामाजिक-संरचनाले मरेपछि पनि विभेद गरिरहन्छ । हरेक दिनजसो त्यो घटनाको सम्झनाले झस्काउन थाल्यो मलाई ।
रहने-बस्ने क्रममा एक दिन साथीहरूसँग खप्तड जाने कुरा भयो । खप्तड जान गाह्रो छ तर पुगेपछि रमाइलो हुन्छ । चारपाँच जिल्लाका मान्छेहरूको जमघट हुन्छ । अर्को साथीले थप्यो, 'अछाम बसेर खप्तड नगएको मान्छे त मान्छेई नाइँ ।'भोलि अरू साथीहरूसँग कुरा गर्दा लाजमर्दो हुन्छ । अछामको खप्तड, वैजनाथ धाम, बढीमालिका त हरेक मानिसहरू पुग्ने गर्छन् ।
सबै बुझेपछि मलाई पनि जाऊँ न त एकपटक भन्ने लाग्यो । फेरि यहाँबाट सरुवा भएर गएपछि आउने समय मिलाउन अलि गाह्रो पनि हुने सोचेर जाने निधो गरियो ।जेठको दसहराको दिन त्यहाँ राम लाग्ने रहेछ । त्यहाँको भाषामा मेला, जात्रालाई 'राम' भन्दा रहेछन् । हामी दसहराको दिन त्यहाँ पुग्ने गरी यात्रा तय गर्यौं । खाना, खाजा, लगाउने कपडा सबैको व्यवस्था मिलाइसक्दा एउटा भरियालाई नै पुग्ने भारी तयार भयो ।
हाम्रो बस्तीमा त जेठको गर्मी राम्रै थियो । कपडा त्यति धेरै पनि चाहिँदैन जस्तो लागेको थियो । तर, त्यहाँ धेरैपटक पुगेका मानिसले हामीलाई सम्झाए । त्यसैले जाडोमा लगाउने सबैजसो कपडा हामीले बोकेका थियौं ।
बाटोमा खानेपानीको धेरै समस्या पर्ने रहेछ । एउटा पाँच लिटरको जर्किनमा पानी पनि बोक्यौं । हाम्रो यात्रामा पर्ने बाटो खप्तड राष्ट्रिय निकुञ्जको माझबाट रहेछ ।एकआपसमा गफ गर्दै पाइला अगाडि बढाउँदै थियौं । हाम्रोअगाडि ठूलो बँदेल पो आइपुगेछ । हाम्रै ग्रुपको ध्रुव स्वाँर भन्ने साथी चिच्यायो । साथी धेरै डरायो पनि । ऊ अगाडि थियो । उसका हातगोडा काँपिरहेका देख्यौं हामीले । त्यसपछि एकछिनको बसाइपछि उसलाई बीचमा राख्यौं र नडराउन ढाडस दिँदै हामी उकालो लाग्यौं ।
जति माथि पुग्छौं उति जाडो अनुभव हुन्छ । जति माथि जान्छौं उति रूखका उचाइ कम हुँदै जान्छ ।थकाइ र भोक पनि त्यत्तिकै थियो हामी सबैलाई । तैपनि लौरीबिनाको उकालोमा पुगेपछि त मलाई साह्रै गाह्रो भयो । बाहिरी चिसो भए पनि पूरै शरीर पसिनाले निथ्रुक्कै भिजेको थियो ।
त्यत्रो बाक्लो जंगल पार गरेर हामी रूखबिरुवा, झारपात नभएको ठाउँमा पाइला टेक्दै थियौं । हिउँ पर्ने ठाउँमा केही पनि बोटबिरुवा नहुँदो रहेछ ।'मैले त तिरिमिरी पो देखेँ ।'
म होशैले बाटोको भित्तापटि झोला बोकेरै पल्टिदिएँ । सबै साथीले 'भट्टराई सरलाई के भयो भनी पीर' गर्नुभएछ । पछिमात्र थाहा पाएँ । म त एकैछिन बेहोश पो भएछु । उठेँ, लठ्ठी समातेँ । तर, हिँड्ने आँट भएन । तैपनि बलैले उठेँ । साथीहरूले थकाइ मारौं अब हाम्रो यात्रा करिबकरिब सकिन लाग्यो भन्नुभयो ।
खुसी लाग्यो । अब त आफ्नो घर नै आइपुगेजस्तो लाग्यो । हामी केही बेर त्यहीँ लौरीबिनाको बीचतिरै बस्यौं । केही बेरको कष्टकर यात्रापछि हामी खप्तड राष्ट्रिय निकुञ्जमा पाइला टेक्न सफल भयौं । सबैजना खुसीले उफ्रीउफ्री मैदान माड्यौं ।
साँच्चै बिहान ६ बजेतिर हाम्रो यात्रा आरम्भ भएको थियो । हामी बेलुका ५ बजेर बीस मिनेटमा लौरीबिनाको उकालो काट्न सफल भएका थियौं । जहाँ टेक्दा पनि भासिएलाजस्तो, सबैतिर फूलैफूल लटरम्म फुलेका देखेर हामी दंग भयौं । जता पनि नरम, प्राकृतिक मनोरम दृश्य, राष्ट्रको गौरवस्थल देख्दा र स्पर्श गर्न पाउँदा कताकता मनमा खुसी लागिरहेको थियो ।
'ध्रुवजी अब एकैछिन कतै बसौं न', मैले भनेँ ।हरिजीले सहमति जनाउनुभयो । हामी त्यहीँ प्रकृतिकै काखमा सुस्तायौं । तर, ध्र्रुवजीले मौन स्वीकृति जनाउनुभयो, बोल्नुभएन ।
हामीलाई त्यहाँ बसेको १० मिनेटपछि गहिरो भोक लागेको महसुस भयो । सागर र हरिजीले लगेको खाजा भाग लगाउन थाल्नुभयो । खाजा खाँदै गर्दा धेरै चिसो भएको महसुस भइरहेको थियो मलाई । अब करिब २५—३० मिनेटमा हामी खप्तडको महादेव मन्दिर पुग्ने कुरा सागरजीले बताउनुभयो । हाम्रो यात्रा करिब समाप्त भएको हामीले थाहा पायौं ।
प्लास्टिकका बोराले बारेर बनाइएका १५—२० वटा अस्थायी पसल हामीले देख्यौं साथै हज्जारौं मानिस डेउडा खेलिरहेका पनि । खुला आकाशमुनि नै रात काट्नुपर्ने रहेछ । मलाई सुत्ने ठाउँको पिरले पिरोलिरहेको थियो । झन् डराएँ म । ध्रुव त्यहीँको साथी भएकाले मैले आशा व्यक्त गरेँ । उसले त्यही फूलमाथि नै रात बिताउनुपर्ने बतायो ।
हामी देउडा गीत सुन्ने होडबाजीमा थियौं । आठदस जनादेखि २५—३० जनाभन्दा बढीका समूहमा देउडा खेल्दा रहेछन् । मलाई तिनै ध्रुवजीले नेपालीमा बुझाइदिनुहुन्थ्यो । मार्मिक पो हुँदो रहेछ देउडा । म रमाउँदै यताउता डुल्दै जाँदा एक ठाउँमा आगो दन्किरहेको देखेँ । सबैजना त्यतैतिर हानियौं ।
वैजनाथको गर्मी सम्झिँदै खप्तडको जाडोमा रात काट्न हामी सुरसार गर्दै थियौं । आफूले बोकेको झोला सिरानी हालेर ढल्कियौं । माथिबाट चिसोले थिचिरहेको थियो । एक पाखोमा आगोको रापले तातिएको अवस्थामा एकाएक मलाई त्यो कार्यालयको घटनाको याद आयो । म छट्पटाएँ । साथीहरूले बुझेनन् । मेरो कानमा ती महिलाको दर्दनाक क्रन्दन टड्कारो रूपमा ठोक्किइरहेको थियो, 'ओइ... मेरा नान्का तुमी कहाँ गैग्या ।'