२० वर्षे हेडसरको तरक्की

२० वर्षे हेडसरको तरक्की

 

मथुरा यादव २०६३ सालतिर बुटवलको अमुवामा रहेको जनता माध्यमिक विद्यालयमा स्वयंसेवक शिक्षकका रूपमा पढाउँथे । भर्खरै बुटवल बहुमुखी क्याम्पसबाट आईएडको पढाइ सकेर शिक्षण पेसामा लागेका उनी सुन्दर भविष्यको प्रतीक्षामा नि;शुल्क नै भए पनि केटाकेटी पढाउन मेहनत गर्थे।

suryaतीन महिनाजति पढाएपछि बुटवलकै पश्चिम अमुवा (हाल सियारी गाउँपालिका-८) का बासिन्दाको एक भेलाले गाउँमा समुदायकै पहलमा एउटा सार्वजनिक विद्यालय खोल्ने निर्णय गर्‍यो । विद्यालय त खोल्ने तर शिक्षक व्यवस्थापन गर्ने कसरी ? गाउँलेलाई निकै सकस पर्‍यो । छलफलकै क्रममा स्वयंसेवी शिक्षकका रूपमा जनता माध्यमिक विद्यालयमा पढाइरहेका र मेहेनती कहलिएका मथुरालाई प्रधानाध्यापक बनाउने र गाउँकै अन्य दुईजनालाई उनको साथी शिक्षकका रूपमा नियुक्त गर्ने निर्णय भेलाले गर्‍यो । स्रोत नजुटेसम्म शिक्षकलाई पनि स्वयंसेवककै रूरुपमा पढाउनुपर्ने निर्णय भेलाले गर्‍यो, मथुरालगायत अन्य दुई लालबहादुर थारू र तिलक थारूले भेलाको निर्णयलाई सहर्ष स्वीकारे।

जनता विद्यालयमा पनि नि;शुल्क पढाइरहेका मथुरालाई फेरि पनि नि;शुल्क नै भए पनि गाउँकै बालबालिकालाई पढाउन पाउनु र प्रधानाध्यापकको रूपमा चयन गर्नुले थप जाँगर थप्यो । प्रधानाध्यापकको जिम्मेवारी पाएपछि अन्य सहकर्मीका साथ दत्तचित्त भएर विद्यालयलाई उकास्नेतर्फ लागे उनी, समुदायलाई पनि साथै लिएर ।



रूखको फेदमुनि विद्यार्थी राखेर त्रिवेणीको पढाइ यस्तो समयमा सुरु भएको थियो, जतिखेर संस्थागत (निजी) विद्यालयको प्रभावका कारण राज्यले वार्षिक अर्बौं रुपैयाँ लगानी गरे पनि मुलुकभरका थुप्रै सामुदायिक विद्यालय विद्यार्थी अभावमा बन्द भएका समाचारहरू सार्वजनिक भइरहेका थिए ।

विद्यालय स्थापना भएको एक दशकमात्रै पूरा भएको छ । तर, एक दशकको अवधिमा मथुरा र उनको समूहले गरेको तरक्की वास्तवमै प्रेरणादायी छ । -

गाउँमा भएका सबै बालबालिका बोर्डिङमा पढिरहेका र सामुदायिक विद्यालयप्रति समुदायकै अपनत्व महसुस नभएर विद्यालय बन्द भइरहँदा भौतिक संरचना नभएको, आर्थिक स्रोत नजुटेको र विद्यार्थी पनि पर्याप्त नभएको विद्यालय सञ्चालन गरेर अभिभावकको रोज्जा विद्यालय बनाउँछु भन्नु मथुरा, उनको समूह र समुदायलाई वास्तवमै फलामको चिउरा चपाएसरह थियो ।

विद्यालयलाई उनीहरूले उकास्लान् भनेर पत्याउन यस कारणले पनि कठिन थियो कि मथुरा यस्तो कच्चा उमेरमा प्रधानाध्यापकको जिम्मेवारीमा पुगेका थिए, त्यति खेर उनी भखैर्र बीस वर्षमात्र पुगेका थिए । आधिकारिक तथ्य नभए पनि कच्चा उमेरमा प्रधानाध्यापकको जिम्मेवारीमा पुग्ने कान्छा उमेरका शिक्षकमध्येमा मथुरा अहिले पनि सीमित संख्यामा गणना हुन्छन् होला ।

विद्यालय स्थापना भएको अहिले एक दशक मात्र पूरा भएको छ । तर, एक दशकको अवधिमा मथुरा र उनको समूहले गरेको तरक्की वास्तवमै प्रेरणादायी छ । मन, वचन र कर्मले लाग्ने हो भने कुनै पनि काम असम्भव छैन र यसलाई उमेरले पनि छेक्दैन भन्ने प्रमाण मथुराले पेस गरेका छन् । स्थापनाको समयमा १ र २ कक्षाको पढाइ मात्र सुरु गरिएको विद्यालयले अहिले कक्षा ८ सम्म पठनपाठन चलाइरहेको छ ।

विद्यालयको प्रगति देखेर शिक्षा कार्यालय तथा विदेशी तथा स्वदेशी विकास साझेदार संस्थाको सहयोगमा विद्यालयमा पक्की भवन बनिसकेको छ । विद्यार्थीलाई आधुनिक कक्षाकोठामा राखेर पढाइएको छ । कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई अंग्रेजी माध्यममा पढाइन्छ । कक्षा ६, ७ र ८ मा कम्प्युटर विषयलाई अनिवार्य गरिएको छ । यही कुरा निजी विद्यालयमा महँगो शुल्क तिरेर छोराछोरी पढाइरहेका र पढाउने योजनामा रहेका अभिभावकलाई आकर्षित गर्ने मुख्य अस्त्र बनेको छ।

'समग्रमा निजी विद्यालयमा जुन सुविधा देखेर विद्यार्थी आकर्षित हुन्छन्, ती सबै सुविधा हामीले नि;शुल्क उपलब्ध गराएका छौं', यादव भन्छन्, 'विद्यार्थीलाई पारिवारिक वातावरणमा पढाएका छौं । नतिजा राम्रो छ । अहिले हरेक वर्ष विद्यार्थी बढिरहेका छन् । यही अनुपातमा विद्यार्थी संख्यामा वृद्धि हुँदै गयो भने सीमित पूर्वाधार र जनशक्तिका कारण केही वर्षपछि हामीलाई धान्न कठिन हुन्छ ।'
प्रधानाध्यापकको जिम्मेवारीमा पुग्नेबित्तिकै मथुराले विद्यालय व्यवस्थापन समिति र शिक्षकलाई समेत साथमा लिएर आफ्नो विद्यालयमा छोराछोरी भर्ना गर्न अनुरोध गर्दै घरदैलो अभियान सञ्चालन गरे । 'सरकारी स्कुलमा पनि छोराछोरी पढाउँछन् भन्दै धेरै अभिभावकले हाम्रो कुरा पत्याउनुभएन ।

विद्यार्थी बस्ने भवन छैन, शिक्षकलाई तलब खुवाउने पैसा थिएन । तर, हामीले निजी स्कुलमा भन्दा स्तरीय शिक्षा नि;शुल्क दिन्छौं भन्ने प्रतिबद्धता व्यक्त गर्दै एक वर्षको समय दिनुस् भन्दै अभिभावकलाई कन्भिन्स गराएका थियौं', मथुरा १० वर्षअघिको घटना सम्झन्छन्, 'तर, हामीले आफ्नो प्रतिबद्धता पूरा गर्‍यौं । छोराछोरी बिग्रेलान् कि भन्ने अभिभावकको संशयलाई गलत साबित गरिदियौं।'

विद्यालयले अहिले स्टेसनरीलगायत मसलन्द खर्चका लागि जिल्ला शिक्षा कार्यालयले दिएको रकमबाट जोगाएर विद्यार्थीलाई वर्षमा एक जोर पोसाक नि;शुल्क प्रदान गर्दै आएको छ । विद्यार्थीलाई परीक्षा तयारीका लागि शिक्षकले नि;शुल्क ट्युसन, कोचिङलगायत कक्षा सञ्चालन गरिरहेका छन् । सरकारले घोषणा गरेको सार्वजनिक बिदामा पनि विशेष पर्वबाहेकका दिनमा पढाइ हुने गरेको छ । नतिजामा पनि विद्यालय उत्कृष्ट छ ।

व्यवस्थापन समितिको सहयोग पर्याप्त छ । समितिका अध्यक्ष मुक्तिप्रसाद थारू भन्छन्, 'मथुराको नेतृत्वमा विद्यालयले गरेको प्रगतिले हामी सबैलाई खुसी तुल्याएको छ । स्थायी दरबन्दीका नयाँ शिक्षक आएर प्रधानाध्यापक बनाउनुपर्‍यो भने राहत दरबन्दीमा कार्यरत मथुराको नेतृत्वमा जस्तै विद्यार्थीलाई यही गतिमा अगाडि लैजान सकिन्छ कि सकिँदैन भन्ने चिन्ताले सताउन थालेको छ ।'
विद्यालयमा हाल निमावि राहत दरबन्दीमा निमाविका एक, प्राविका चार, बाल विकास केन्द्रका दुई तथा स्थानीय स्रोतका एकजनासहित १० जना शिक्षक कार्यरत छन् ।

एकजना पनि स्थायी दरबन्दीका शिक्षक नभएका कारण जिल्ला शिक्षा कार्यालयले एकपटक स्थायी दरबन्दीका शिक्षक पठाउने कोसिस नगरेको पनि होइन । तर, मथुराको ठाउँमा जोसुकै नयाँ शिक्षक आए पनि विद्यालयलाई अहिलेको अवस्थामा टिकाइराख्न नसक्ने विश्लेषण गरेर व्यवस्थापन समितिले स्थायी दरबन्दीका शिक्षक नराख्ने निर्णय गरेको थियो । 'मथुराजीले छोटो समयमा गरेको प्रगति वास्तवमै प्रशंसायोग्य छ ।

विद्यालयले स्थायी दरबन्दीबिना नै गरेको प्रगतिलाई सम्मान गरेर एकजना स्थायी दरबन्दीका शिक्षक पठाउने निर्णय गरेका थियौं । तर, व्यवस्थापन समितिले मानेन', जिल्ला शिक्षा कार्यालयका स्रोतव्यक्ति नारायण पौडेल भन्छन्, 'विद्यालयमा व्यवस्थापन समिति र शिक्षकले अपनत्व महसुस गरेका छन् । कुशल नेतृत्व र समन्वय गर्नसक्ने प्रधानाध्यापक र विद्यालय हाम्रो हो भनेर अपनत्व गर्नसक्ने व्यवस्थापन समिति हुने हो भने मुलुकभरका सामुदायिक विद्यालयलाई त्रिवेणीजस्तै बनाउन सकिन्छ ।'

सीमित विद्यालयलाई छोडेर हेर्ने हो भने अहिले मुलुकभरका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बर्सेनि घट्दो छ । तर, यादवले नेतृत्व गरेको विद्यालयमा विद्यार्थी संख्या बढ्ने क्रममा छ । तीन किलोमिटरको सेरोफेरोमा पाँचवटा बोर्डिङ स्कुल सञ्चालन भए पनि ती सबै विद्यालयलाई छिचोलेर विद्यार्थी त्रिवेणीमा आउने क्रम बढिरहेको छ । अहिले यस विद्यालयमा चार सय ६८ जना विद्यार्थी अध्ययनरत छन् । सामुदायिक विद्यालय सुधार अभियानमा लागेका संघसंस्था तथा अन्य सामुदायिक विद्यालयसमेत यसबारे थप अध्ययन गर्न र अनुभव आदानप्रदान गर्न त्रिवेणीमा जाने क्रम बढिरहेको छ । 'मैले सकेको गरेको छु । राहत दरबन्दीको शिक्षक हुँ । कुनै कारणवश म भोलि यहाँबाट बाहिरिन परे पनि मभन्दा पछि आउने साथीले अहिलेको विरासत जोगाउनुहुनेछ भन्ने अपेक्षा गरेको छु', यादव भन्छन् । .


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.