रमेश कार्की बने मिस्टर भ्याली

रमेश कार्की बने मिस्टर भ्याली

भक्तपुर : काठमाडौं डल्लुस्थित न्यू फ्लेक्स एण्ड फिटनेसका रमेश कार्की शारीरिक सुगठन प्रतियोगिताको मिस्टर भ्याली बन्न सफल भएका छन्। भक्तपुर शारीरिक सुगठन तथा फिटनेस संघद्वारा आयोजित प्रतियोगिताअन्तर्गत शनिबार भएको ग्राण्ड फिनालेमा उत्कृष्ट पाँच जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै कार्की तेस्रो संस्करणको मिस्टर भ्याली बन्न सफल भएका हुन्। ६५ केजी तौल समूहका विजेतासमेत रहेका कार्कीले उपाधिसँग नगद पचास हजार रुपैयाँ हात पारेका छन्।

 त्यस्तै ७५ केजी तौल समूहका विजेता काठमाडौं धुम्बाराहीका विश्वराम कार्की दोस्रो भए। उनले नगद २० हजार रुपैयाँ हात पारे। मध्यपुर फिजिकल फिटनेस क्लवका अमितकुमार मण्डल तेस्रो भए। ७० केजी तौल समूहका विजेता मण्डलले १५ हजार रुपैयाँ पाए।

त्यस्तै ६० केजी तौल समूहका विजेता भक्तपुरको अजिमा फिटनेस क्लवका किशनदास दिवाकर चौथो, ५५ केजी तौल समूहका विजेता काठमाडौंस्थित नेपाल व्यायाम मन्दिरका रोजेश महर्जन पाँचौं र ७५ केजीभन्दा माथिको तौल समूहका विजेता काठमाडौंको फिटनेस फस्टका मनिष बज्राचार्य छैटौं भए। उनीहरुले जनही दस हजार रुपैयाँ नगद पुरस्कार पाए।

यसैगरी प्रतियोगिताअन्तर्गत नै भएको पहिलो फिटनेस फिजिक्सको उपाधि भने काठमाडौंको सिनामंगलस्थित ओयस्टर फिटनेसका साजन अर्यालले हात पारे। उनले २३ जना प्रतियोगीलाई पछि पार्दै उपाधिसँगै नगद दस हजार रुपैयाँ जित्न सफल भए।

त्यस्तै काठमाडौंकै नेपाल व्यायाम मन्दिरका रजिन आचार्य र सरोज श्रेष्ठ क्रमशः दोस्रो र तेस्रो भए। प्रतियोगिताका विजेता, उपविजेतालगायतलाई पूर्वउद्योगमन्त्री महेश बस्नेतले ट्रफी, पदकसँगै नगद पुरस्कार वितरण गरेका थिए।

आयोजक संघका अध्यक्ष बाबुकाजी मानन्धरका अनुसार प्रतियोगिताका काठमाडौं उपत्यकाका तीन जिल्लाका ६८ जना शारीरिक सुगठनका खेलाडीहरुको सहभागिता रहेको थियो। सहभागी खेलाडीहरुबीच प्रिजजिङमार्फत प्रत्येक तौल समूहबाट उत्कृष्ट पाँच पाँच जना खेलाडीहरु छनोट गरिएको उनले बताए।

‘उत्कृष्ट पाँच जनाबाट तौल समूहको विजेताहरुबीच ग्राण्ड फिनाले गरी मिस्टर भ्याली छनोट गरेका हौं’, अध्यक्ष मानन्धरले भने, ‘फिटनेस फिजिक्समा पनि २३ जनाबीच प्रिजजिङबाट उत्कृष्ट पाँच जना छनोट गरी विजेता छानेका छौ।’

२२ वर्षअघि रोकिएको शारीरिक सुगठनसम्बन्धी प्रतियोगिता मिस्टर भ्यालीको तेस्रो संस्करण शनिबार सम्पन्न भएको हो। २०५१ सालमा भएको पहिलो मिस्टर भ्यालीको उपाधि भक्तपुरका राजु दिवाकरले जितेका थिए। त्यस्तै २०५२ सालमा भएको दोस्रो संस्करणको उपाधि भने पाटनका सागर ताम्राकारले हात पारेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.