बुद्ध एयर लक्ष्मीमार्ग गोल्डकप: बिर्तामोड युनाइटेड च्याम्पियन

 बुद्ध एयर लक्ष्मीमार्ग गोल्डकप: बिर्तामोड युनाइटेड च्याम्पियन

मोरङ: बुद्ध एअर लक्ष्मीमार्ग गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापाको बिर्तामोड युनाइटेडले जितेको छ। शनिबार भएको फाइनल खेलमा जीबी रवर मंगलबारेलाई ४-१ गोलले पराजित गर्दै बिर्तामोडले उपाधि पक्का बनाएको हो।

 

उपाधिसहित बिर्तामोडले एक लाख ११ हजार एक सय एक रुपैयाँ प्राप्त गरेको छ। उपविजेता मंगलबारेले ५१ हजार रुपैयाँमै चित्त बुझायो। बिर्तामोडको सनसनीपूर्ण जितमा विशाल राई एक्लैले दुई गोल गरे भने सुमिन मैनाली र योगेश गुरुङले एक÷एक गोल गरे। पहिलो हाफसम्ममा एक गोलले पछि परेको बिर्तामोड दोस्रो हाफमा चार गोल गर्दै खेलमा फर्किएको थियो।

खेलको ३२औं मिनेटमा नाइजेरियन खेलाडी मेसीको गोलमार्फत मंगलबारेले अग्रता लिएको थियो। दीपक राईको कर्नरमार्फत आएको बललाई गोलमा परिणत गर्दै मेसीले टोलीलाई अग्रता दिलाएका थिए। तर, दोस्रो हाफ सुरु भएलगत्तै ४८औं मिनेटमा विशाल राईले बिर्तामोडलाई १-१ को बराबरीमा फर्काए।

योगेश गुरुङको पासमा २० यार्ड दूरीबाट सशक्त प्रहार गर्दै विशालले टोलीलाई बराबरीमा ल्याएका थिए।
त्यसपछि खेलको ६७औं मिनेटमा सुमिनले बिर्तामोडको अग्रता दोब्बर बनाए। टोलीका अर्का खेलाडी कर्ण लिम्बूको हेडिङ फर्किएर आएपछि नजिकै रहेका सुमिनले गोलमा परिणत गरेका थिए।

खेलको ७६औं मिनेटमा बुद्ध चेम्जोङको क्रसमा कप्तान योगेश गुरुङले गोल गर्दा बिर्तामोड ३-१ ले अघि बढेको थियो। त्यसपछि खेलको अतिरिक्त समयमा विशालले अर्को गोल पनि थपेपछि बिर्तामोडले ४-१ को जितसहित उपाधि जितेको थियो।

नाइजेरियन र ए डिभिजनका खेलाडी लिएर मैदानमा उत्रिएको मंगलबारे दोस्रो हाफमा निकै कमजोर देखिएको थियो। खेलमा मंगलबारेले केही राम्रा अवसर सदुपयोग गर्न सकेन।

खेलको १७औं मिनेटमा मंगलबारेका मेसीको प्रहार पहिलो बार हुँदै बाहिरिएको थियो। खेलको ३६औं मिनेटमा अर्का नाइजेरियन खेलाडी मार्टिनको प्रहारलाई पनि बिर्तामोडका गोलरक्षकले विफल तुल्याइदिएका थिए।

फाइलन खेलका म्यान अफ दी म्याच बिर्तामोडका योगेश गुरुङ घोषित भए। डाँगीहाट युथ क्लबको आयोजनामा गत भदौ २४ गतेबाट सुरु गोल्डकपमा आयोजक टोलीका सुनिल खड्का सर्वाधिक गोलकर्ता बने।

प्रतियोगिताभर उनले ६ गोल गरेका थिए। बिर्तामोडका रवि थापामगर उत्कृष्ट रक्षक बने। विराट मेघाका अशोक खवास उत्कृष्ट मिडफिल्डर घोषित हुँदा आयोजक टोलीका अनोज मगर उदीयमान खेलाडी चुनिए। मंगलबारेका सूर्य अधिकारी उत्कृष्ट गोलरक्षक भए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.