कर्जा लिन मान्दैन निजी क्षेत्र

कर्जा लिन मान्दैन निजी क्षेत्र

काठमाडौं : बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भए पनि निजी क्षेत्र कर्जा लिन मानिरहेका छैनन् । चर्को ब्याजका कारण निजी क्षेत्रले कर्जा लिन नमानेका हुन् । बैंकहरूले ब्याजदर नघटाएसम्म कर्जा लिन नसकिने नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले बताए । ‘कर्जा प्रवाह हुन नसक्नुको पहिलो कारण महँगो ब्याजदर हो', उनले भने, ‘ब्याजदर नघटाएसम्म ऋण लिँदैनौं ।'

 ‘हामीलाई लगानीको आवश्यकता नभएको होइन', उनले थपे, ‘चर्को ब्याजको लगानी फलदायी हुँदैन ।' यसको प्रत्यक्ष असर आम उपभोक्तामा पर्ने उनको भनाइ छ । उनी भन्छन्, ‘बैंकर्सले महँगो ब्याजमा निक्षेप लिएका छौं भन्नु होला, तर सधैं नाफा कमाउनुपर्छ भन्ने हुँदैन, समयअनुसार परिमार्जन पनि हुनुपर्छ।' बैंकर्सले भने पुस मसान्तसम्म ब्याज घटाउन नसक्ने बताएका छन् ।

‘कर्जाको ब्याज बढ्दा बैंकमा अधिक तरलता थुप्रिएको हो', नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिलकेसरी शाहले भने, ‘दोस्रो त्रैमाससम्म ब्याजदर घटाउन सकिने अवस्था छैन ।' गत वर्ष क्रेडिट क्रन्च भएका बेला महँगो ब्याजमा निक्षेप लिएर उच्च ब्याजमा कर्जा प्रवाह भएकोे थियो । यो अनुपात मिलाउन अर्थात् ब्याजदर संशोधन तत्काल हुन सक्दैन । यद्यपि अबको चार महिनापछि भने ब्याजदर संशोधन हुन सक्ने शाहले बताए । ‘ब्याजदर बैंकले निर्धारण गर्ने होइन, बजारले गर्ने हो', उनले भने, ‘माग र पूर्तिले यसलाई निर्देशित गरिरहेको हुन्छ ।'

ब्याजदर बढी भएपछि गएको आर्थिक वर्षको तुलनामा यस वर्ष कर्जा माग २५ प्रतिशतले घटेको छ । दुई महिना अघिसम्म ‘क्रेडिट क्रन्च' को मार खेप्दै आएका बैंक तथा वित्तीय संस्थामा अहिले अधिक तरलता देखिए पनि कर्जा माग बढ्न सकेको छैन । यस वर्षको साउन र भदौमा कर्जाको माग २० देखि २५ प्रतिशतले कमी आएको कर्जा सूचना केन्द्रका लघुवित्त विभाग प्रमुख ओमकारलाल श्रेष्ठले बताए ।

‘गत वर्ष साउन र भदौमा कर्जाको माग ह्वात्तै बढेको थियो', उनले भने ‘ यस अवधिमा करिब ८० हजार उद्योगी व्यवसायी तथा सर्वसाधारणले बैंकबाट कर्जा लिन विभिन्न खोजीनीति गरेका थिए । अहिले जम्माजम्मी ५०/ ५५ हजार ग्राहकले मात्र ऋण लिन बैंक खोजी गरिरहेका छन् । गत वर्षको साउनमा बैंक तथा वित्तीय संस्थाबाट १३ खर्ब ५८ अर्ब र भदौमा १३ खर्ब ७१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

अहिले जम्माजम्मी ५०/५५ हजार ग्राहकले मात्र ऋण लिन बैंक खोजी गरिरहेका छन् ।

कर्जा सूचना केन्द्रले कर्जाको माग घटेको बताए पनि नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष शाहले भने कर्जाको माग बढ्दै आएको बताए । ‘चालू आवदेखि कर्जाको माग विस्तारै बढ्न थालेको छ', उनले भने ‘अहिले देखिएको अधिक तरलता पहिलो त्रैमास (साउन, भदौ, असोज) सम्म कर्जा प्रवाह भइसक्नेछ ।' अहिले ठूला परियोजनादेखि साना तथा मझौला व्यवसायबाट पनि कर्जाको माग आएको छ ।

अन्य समयभन्दा दसैं तथा चाडपर्वका बेला घर र गाडी किन्नेको संख्या बढ्ने हाउजिङ व्यवसायीले बताएका छन् । ‘दसैंदेखि जेठसम्म आवास खरिद गर्ने बढी हुने गरेको ग्रिनहिल सिटीका अध्यक्ष भेषराज लोहनीले बताए । २०६६ को आर्थिक मन्दीपछि सुस्ताएको हाउजिङ व्यवसाय तीन वर्षअघि केही फस्टाउन थालेको थियो । त्यसपछिको भूकम्पले यो व्यवसायमा ठूलो असर पार्‍यो । अहिले तंग्रिन थालेको छ ।



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.