नेपाल एसीसी यू-१९ एसिया कप क्रिकेटका लागि छनोट

नेपाल एसीसी यू-१९ एसिया कप क्रिकेटका लागि छनोट

काठमाडौं : नेपालले मलेसियामा आयोजित एसियाली क्रिकेट काउन्सिल (एसीसी) यू-१९ एसिया कप (पूर्वी क्षेत्रीय) छनोट प्रतियोगिताको उपाधि जितेको छ। नेपालले आइतबार खेलिएको फाइनलमा हङकङलाई पाँच विकेटले पराजित गर्दै उपाधि हात पारेको हो। मलेसियाको किनरारा ओभलमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले हङकङलाई ७६ रनमै रोकेको थियो। ३२.१ ओभरमात्र क्रिजमा टिकेको हङकङका लागि हरप्रित सिंहले सर्वाधिक २० रन बनाए।

 

सुरुदेखि नै खराब प्रदर्शन गरेको हङकङले पहिलो ओभरमै ओपनर राग कपुरलाई शून्य रनमै गुमाएको थियो। पहिलो विकेट सस्तैमा गुमाए पनि मध्यक्रमका ब्याट्सम्यानले हङकङलाई सम्हाल्ने कोसिस गरेका थिए। हङकङका हरप्रित सिंह र कप्तान झथनावेद एसएसले दोस्रो विकेटका लागि ३४ रनको साझेदारी गरे। रन आउट हुनुअघि झथनावेदले १६ रन बनाए।

कप्तान झथनावेद र हरप्रित पेभेलियन फर्किएपछि हङकङले लगातार विकेट गुमायो। हङकङले ३१ रन जोड्दा पछिल्लो सात विकेट गुमाएको थियो। वाकोस खान १५ रनमा पेभेलियन फर्किए भने अन्य ब्याट्सम्यानले दोहोरो संख्यामा रन बनाउन सकेनन्। हङकङलाई कम योगफलमा समेट्न नेपालका बलर साहव आलम र सन्दीप लामिछानेले तीन÷तीन विकेट लिए। कप्तान दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले पनि एक÷एक विकेट हात पारे। ६.१ ओभर बलिङ गरेका सन्दीपले एक मेडनसहित आठ रन खर्चिए।

यसैगरी सात ओभर बलिङ गरेका साहबले १५ रन खर्चिए। सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा कप्तान दीपेन्द्रसिंह ऐरी रहे। उनले पाँच खेलमा १३ विकेट लिए। उनले भुटान र मलेसियाविरुद्ध पाँच÷पाँच विकेट लिए। हङकङले दिएको ७७ रनको लक्ष्य नेपालले १४.४ ओभरमा पाँच विकेट गुमाएर पूरा ग¥यो। नेपालको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २२ रनको योगदान गरे।

दीपेन्द्रले प्रनित थापामगरसँग चौथो विकेटका लागि २८ रनको साझेदारी गरेका थिए। प्रनित १९ रनमा अविजित रहे। यसैगरी प्रारम्भिक ब्याट्सम्यान सन्दीप सुनारले १९ र अनिलकुमार साहले १६ रन बनाए। हङकङका करणदीप सिंहले तीन र कप्तान झथनावेद एक÷एकले विकेट लिए। छनोट चरणको खेलमा समूह ‘ए’मा रहेको नेपाल आफ्नो समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो।

नेपालले सेमिफाइनलमा मलेसियालाई १० विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। यसैगरी समूह ‘बी’ मा रहेको हङकङ पनि आफ्नो समूहको विजेताका रूपमा अन्तिम चारमा पुगेको थियो। सेमिफाइनलमा हङकङले सिंगापुरलाई सात विकेटले पराजित गर्दै नेपालसँगको भेट पक्का गरेको थियो।

प्रतियोगितामा नेपालले अपराजित रहँदै उपाधि जितेको हो। एसीसी यू–१९ (पूर्वी क्षेत्रीय)को उपाधिसँगै नेपाल एसीसी यू–१९ एसिया कपमा पनि छनोट भएको छ। आगामी नोभेम्बरमा हुने एसिया कपमा टेस्ट मान्यता प्राप्त भारत, बंगलादेश, श्रीलंका, पाकिस्तानलगायतका टोलीसँग नेपालले प्रतिस्पर्धा गर्नेछ।

नेपालको उपाधि यात्रा
(१) पहिलो खेल : नेपालद्वारा थाइल्यान्डलाई दुई सय ५५ रनले पराजित।
(२) दोस्रो खेल : नेपालद्वारा भुटान नौ विकेटले पराजित।
(३) तेस्रो खेल : नेपालद्वारा सिंगापुर सात विकेटले पराजित।
(४) सेमिफाइनल : नेपालद्वारा मलेसियालाई १० विकेटले पराजित।
(५) फाइनल : नेपालद्वारा हङकङ पाँच विकेटले पराजित।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.