‘भारतीय लोकतन्त्रको चिहान कश्मिरमा’

 ‘भारतीय लोकतन्त्रको चिहान कश्मिरमा’


पोखरा : ‘किताबको पहिलो लाइनले नै छोयो,’ उनले सुरुमै भने, ‘किन्डलमा कसैले व्रm्याक भर्सन पढेको थिएँ, फेरि किताब किनेरै पढें ।’ किन्डलमा क्रयाक भर्सन लिनु कपीराइट विरुद्धको कार्य हुन सक्थ्यो भने पनि किताब लेखक त्यसबारे बेमतलबी भएको उनले सुनाए । भने, ‘कपी राइटको होइन जमाना कपीलेफ्टको हो ।’
लेखक उज्ज्वल प्रसाईं शनिबार रयान्डम रिडर्स सोसाइटीले आयोजना गरेको परिचर्चा कार्यव्रममा भारतीय लेखक अरुन्धती रोयको उपन्यास मिनिस्ट्री अफ अटमोस्ट ह्याप्पीनेसमाथि बोल्दै थिए । प्रसाईंले रोयको उपन्यास भारतीय समाजको समस्यामाथि लेखिएको सुनाए । ‘शासितहरु जो छन्, तिनीहरु पनि ठूलो संख्यामा छन् जो समस्यामा छन्,’ उनले भने, ‘शासकहरु पनि समस्यामै छन् । उपन्यास भारतीय समाजको समस्याको कोलाज चित्रजस्तो छ ।’


साहित्य र समाजशास्त्र दुवैको कसीमा रोय सफल रहेको प्रसाईंले सुनाए । कश्मीरदेखि आसाम र नागापुर अनि दिल्लीका समस्या उपन्यासमा समेटिएका र ती समस्याका बिन्दुहरुलाई जोड्ने रोयको उम्दा कला आकर्षक रहेको उनको भनाइ थियो । ‘लेखन शील्प भव्य छ,’ उनले भने, ‘भारतीय लोकतन्त्रले कश्मिरजस्ता चिहान कसरी निर्माण गरिरहेको छ भन्ने उपन्यासमा छ ।’ अरुन्धतीप्रति लाग्ने गरेको एक्टिभिजम आरोप असत्य नभएको स्पष्टोक्ति प्रसाईंले दिए । ‘लेख्नु एक्टिभिज्जम हो, राजनीति हो’, उनले भने, ‘अरुन्धतीले उपन्यास लेखेर राजनीति गरिन् भन्ने कुरामा चिन्ता नगरे हुन्छ ।’


रोयको उपन्यासमा मोदी, वाजपेयी, अरबिन्द केजरीवाल पनि भेटिने जानकारी प्रसाईंले दिए । ‘समाजशास्त्रबाट भन्न नसकिने र इतिहासमा लेख्न नसकिने कुरा अरुन्धतीको साहित्यमा आउँछन्,’ उनले भने । रोयको उपन्यास पढ्दा नेपाली संकटग्रस्ट लोकतन्त्र पनि मनमा आउने जानकारी उनले दिए । भने, ‘किन कि हाम्रै लोकतन्त्र पनि संकटमा छ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.