पशुपतिमा भेटिए लिच्छविकालीन अभिलेख

पशुपतिमा भेटिए लिच्छविकालीन अभिलेख

काठमाडौं : पाशुपत क्षेत्रमा तीन अलग समयमा निर्माण भएका पुरातात्िवक सम्पदा फेला परेका छन्।पशुपतिनाथ मन्दिर परिसरको महास्नान घरसामुन्ने गुरुज्यू सत्तल रहेको क्षेत्रमा विज्ञ टोलीले उत्खनन गर्दा तीन अलग समयमा निर्माण भएका पर्खाल फेला परेका हुन् । पशुपति क्षेत्र विकास कोष, पुरातत्व विभाग र बेलायतस्थित दुर्हाम विश्वविद्यालयको संयुक्त टोलीले भदौ ९ गतेदेखि गरेको उत्खनन क्रममा आइतबार तीन पुरातात्विक पर्खाल भेटिएका हुन् । करिब डेढ मिटर गहिराइमा पुग्दा उक्त सम्पदा भेटिएका हुन् ।

यसअघि सोही स्थानछेउको सडकमा ढलका लागि बाटो खन्ने क्रममा गत वर्ष डेढ मिटर गहिराइमै शिवलिंग भेटिएपछि टोलीले यस वर्ष गुरुजी सत्तलमुनि उत्खनन गरेको थियो । सत्तल ०७२ सालको भूकम्पले पूरै ध्वस्त भएको थियो । उत्खनन टोलीका संयोजक एवं पुरातत्वविद् कोषप्रसाद आचार्यले भेटिएका तीन पर्खाल तीन भिन्न समयका हुन सक्ने प्रारम्भिक अनुमान गरिएको जानकारी दिए ।

 

‘तीन फरक चरणको निर्माण फेला पारेका छौं, सबैभन्दा पुरानो लिच्छविकालभन्दा अघिको हुन सक्ने संकेत भेटिएको छ’, उनले आइतबार अन्नपूर्णसँग भने, ‘पर्खाल दायाँ-बायाँ गएको देखिन्छ, अर्को वर्षको उत्खननमा वैज्ञानिक परीक्षणपछि यकिन गर्न सकिन्छ तर पाशुपत क्षेत्रलगायत काठमाडौं उपत्यकाको बसोबासको प्राचीन सभ्यताबारे नयाँ तथ्य उद्घाटित हुनेमा आशावादी छु ।’ टोलीले यस वर्षको यो काम अब बढीमा एक साता मात्र गर्नेछ ।

पशुपतिनाथ मन्दिर परिसरको महास्नान घरसामुन्ने गुरुज्यू सत्तल रहेको क्षेत्रमा विज्ञ टोलीले उत्खनन गर्दा तीन अलग समयमा निर्माण भएका पर्खाल फेला परेका हुन् ।

पुरातत्व विभागकी अधिकृत सुभद्रा भट्टराई घिमिरेले पशुपतिनाथ मन्दिर प्रांगणमा विदेशीलाई प्रवेश निषेध भएकाले मन्दिरको सिधा पश्चिम करिब सय मिटर दूरीमा भूकम्पले भत्काएको सत्तलमुनि काम गर्दा नयाँ तथ्य फेला पर्ने आकलनसाथ उत्खनन गरिएको जानकारी दिइन् । ‘हाम्रो चाहना मान्छेको पाइला नपरेको माटो (भर्जिन सोइल) मा काम गर्ने भएकाले सत्तलमुनिको भाग छनोट गरेका हौं’, उनले भनिन्, ‘लिच्छविकाल र त्यसभन्दा अघिको अवस्था पत्ता लगाउने उद्देश्य हो, यो अनुसन्धानले ऐतिहासिक तथ्य उजागर गर्नेछ ।’

कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले पाशुपत क्षेत्रमा पुरातात्विक सम्पदाको खानी क्षेत्र भएकाले थुप्रै रहस्यात्मक सम्पदा भेटिएको र भेटिँदै जाने बताए । कोषका सदस्यसचिव डा. प्रदीप ढकालले शताब्दीऔं अघिको जीवित सभ्यताबारे यथार्थ उजागर गर्न र त्यसलाई जोगाउन यसरी अन्वेषण हुनु आवश्यक भएकाले सोहीअनुसार पाँचवर्षे परियोजनामार्फत काम गरिरहेको बताए । टोलीले यसअघि सातौं शताब्दीसम्मका सम्पदा फेला पारेको छ ।

पाशुपत क्षेत्रमा पुरातात्विक अन्वेषण गर्ने योजनाबमोजिम कोष, विभाग र विश्वविद्यालयको संयुक्त टोलीले काम गर्ने गरी सन् २०१४ को मार्चदेखि पाँचवर्षे सम्झौता भएको थियो । हालसम्म तीन वर्ष काम भएको छ । टोलीले यसअघिका दुई वर्ष भण्डारखालमा अन्वेषण गरेर थुप्रै नयाँ तथ्य फेला पारेको छ ।

भूकम्प गएकाले यो वर्ष त्यसरी भत्किएका संरचनामुनि काम गर्ने योजना टोलीले बनाएको हो । दुर्हाम विश्वविद्यालयका आर्कियोलोजिस्ट डा. क्रिस्टोफर डेभिसले भूकम्पजस्तै कुनै प्राकृतिक विपत्ति हुँदा मानवीय उद्धारपछि सम्पदाको उद्धार गर्नु राष्ट्रका लागि महत्वपूर्ण हुने बताए । उनले भने, ‘हामी अक्सर सम्पदाप्रति कम संवेदनशील छौं, विगतको उत्खननले पनि सकारात्मक परिणाम दिएकाले हामी उत्साहित छौं ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.