प्राधिकरणको काममा मन्त्रालयको हस्तक्षेप

प्राधिकरणको काममा मन्त्रालयको हस्तक्षेप

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई पदमुक्त गराउने उद्देश्यले कामका ढिलासुस्ती भएको आरोप लगाएको छ। तर, प्राधिकरणको अधिकारलाई मन्त्रालयले हस्तक्षेप गरी काममा अवरोध गरिरहेको छ। चालू आर्थिक वर्षको दुई महिना बितिसक्दा पनि प्राधिकरणको वार्षिक बजेट मन्त्रालयले स्वीकृत गरेको छैन। बजेट स्वीकृत नहुँदा कर्मचारीलाई दसैंको तलब खुवाउनसमेत समस्या भएको प्राधिकरण स्रोतले बताएको छ।

प्राधिकरणले काठमाडौं बाहेकका ठाउँमा बेस बनाएर उडान अनुमति दिए पनि मन्त्रालयकै असहमतिका कारण कार्यान्वयन भएको छैन। प्राधिकरणले काठमाडौं विमानस्थलमा भार कम गरी यात्रुलाई भाडासमेत सस्तो होस् भनेर विराटनगर र नेपालगन्ज बेस बनाएर उडान अनुमति दिए पनि कार्यान्वयन हुन सकेको छैन।

 

यसैगरी मन्त्रालयले उपत्यकाबाहिर बेस बनाएर उडान भर्नुपर्ने जहाजलाई पनि काठमाडौंमै बेस बनाई उडान गर्न दबाब दिँदै आएको प्राधिकरणको विमानस्थल कार्यालय स्रोत बताउँछ। पछिल्लो समय नेपाल भित्रिएका अधिकांश एयरलाइन्सका जहाजलाई प्राधिकरणले बेस उडान विराटनगर र नेपालगन्ज बनाउने गरी अनुमति दिए पनि मन्त्रालयकै हस्तक्षेपका कारण कार्यान्वयनमा असहज भएको प्राधिकरण स्रोत बताउँछ। मन्त्रालयले निर्णय कार्यान्वयन गर्न नदिँदा सबैले काठमाडौं बेस बनाएर उडान गरिरहेका छन्।

‘पाइला पाइलामा मन्त्रालयले हस्तक्षेप गरेको छ', प्राधिकरण स्रोतले भन्यो, ‘बजेट स्वीकृत नहुँदा योजना अघि बढ्न सकेका छैनन्।' मन्त्रालयले महानिर्देशक सञ्जीव गौतमलाई सोधेको ११ बुँदे स्पष्टीकरणमा काममा ढिलासुस्ती गरेको आरोप लगाइएको छ। प्राधिकरणले आर्थिक वर्ष २०७४/०७५ मा खर्च गर्ने गरी ४३ अर्बको योजनासहित स्वीकृति मागेको थियो। ‘जहाज खरिद र उडान अनुमति प्राधिकरणको बिजनेस हो', स्रोतले भन्यो, ‘तर यस्ता काम प्राधिकरणलाई थाहै हुन्न।' प्राधिकरणका प्रत्येक निर्णयमा पछिल्लो समय हस्तक्षेप गर्दै गौतमलाई हटाउन मन्त्री, सचिव र सहसचिव लागि परेका मन्त्रालयकै एक उपसचिवले बताए।

चालू आर्थिक वर्षको दुई महिना बितिसक्दा पनि प्राधिकरणको वार्षिक बजेट मन्त्रालयले स्वीकृत गरेको छैन। बजेट स्वीकृत नहुँदा कर्मचारीलाई दसैंको तलब खुवाउनसमेत समस्या भएको छ।

त्रिभुवन विमानस्थलमा नौवटा मात्रै पार्किङस्थल भएको अवस्थामा मन्त्रालयले प्राधिकरणसँग कुनै सल्लाह नगरी ठूला जहाज खरिदमा अनुमति दिएको थियो। अन्तर्राष्ट्रिय उडान गरिरहेका नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्सले जहाज ल्याउँदा प्राधिकरण तथा विमानस्थल कार्यालयसँग सोध्नसमेत आवश्यक ठानिएन। निर्माणाधीन चारवटा साना ठूलो पार्किङ वे नबन्दासम्म थप जहाज पार्किङको व्यवस्थापन असहज हुने विमानस्थल कार्यालयको भनाइ छ। सन् २०१८ मेमै नेपाल वायुसेवा निगमले दुईवटा बाइड बडी जहाज ल्याएपछि विमानस्थलमा पार्किङ समस्या हुनेछ। पार्किङ वे कै कारण अहिले पनि आधाघन्टासम्म जहाज आकाशमै होल्ड गर्नुपर्ने अवस्था छ। पार्किङ वे निर्माण नहुँदै नयाँ जहाज थपिँदा अहिलेभन्दा जहाज होल्डको समय बढ्ने विमानस्थल कार्यालयको भनाइ छ।

विमानस्थल कार्यालयका प्रमुख देवानन्द उपाध्यायले केही समय अगाडि काठमाडौंमा भएको विमानस्थल सुरक्षासम्बन्धी कार्यक्रममा उडान अनुमतिमा हस्तक्षेप गरेका कारण विमानस्थलको व्यवस्थापनमा असहज भएको बताएका थिए। ‘अब विमानस्थलमा पार्किङस्थल नबन्दासम्म ठूला जहाज पार्किङ गर्ने ठाउँ छैन', उनले भनेका थिए, ‘नौवटा अन्तर्राष्ट्रिय पार्किङस्थलकै भरमा २७ वटा एयरलाइन्सको जहाज व्यवस्थापन गर्नु

परिरहेको छ।' अहिले ‘पिक आवर' मा नयाँ जहाजका लागि उडान अनुमति दिन सक्ने अवस्था नभएको उनको भनाइ छ। यसैगरी मन्त्रालयले कुनै कामका लागि गरेको टेन्डर आह्वानमासमेत मन्त्रालयले बिनाकाम दुःख दिने गरेको प्राधिकरण स्रोत बताउँछ। नयाँ मन्त्री र नयाँ सचिव आउना साथ उनीहरूको जिल्लामा विमानस्थल बनाउन पर्नेमा बढी दबाब प्राधिकरणले थेग्दै आएको छ। ‘विमानस्थल निर्माणका लागि मन्त्रालयले गर्नुपर्ने प्रारम्भिक काममा समेत प्राधिकरणलाई नै दोष लगाउने काम भइरहेको छ', स्रोतले भन्यो। नयाँ मन्त्री तथा सचिव आउना साथ आफूखुसी पुराना प्लान परिवर्तन गर्न खोज्दा पनि काममा समस्या आएको प्राधिकरण स्रोत बताउँछ।

गौतम व्यावसायिक महानिर्देशक

वीरेन्द्रबहादुर बस्नेत, बुद्ध एयर प्रबन्ध निर्देशक बुद्ध एयरमार्फत नागरिक उड्ड्यन व्यवसायमा लागेको दुई दशक बित्यो। दुई दशकमा तीतामीठा कुरा बखान गर्न त बुढेसकालमा संस्मरणको किताबै लेख्नुपर्छ। नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा असल महानिर्देशकका रूपमा मैले सम्झिने दुई जना मात्र हुन वीरेन्द्रबहादुर देउजा र सञ्जीव गौतम। गौतम एकदम व्यावसायिक र केही गरौं भन्ने कर्मचारी हुन्, जुन कर्मचारीतन्त्रमा थोरैमात्र हुन्छन्।

उनले दुई वर्षमा प्रयास गरेका हुन्, गरिरहेकै छन्। तर यतिका अवरोध हुने ठाउँमा एउटा व्यक्तिबाट आमूल परिवर्तनको आश गर्न मिल्दैन। दुई वर्षमा उनले एयरलाइन्स सञ्चालकबाट अनुचित लाभको आश गरेको पनि थाहा पाइन, यसैले उनलाई इमान्दार पनि मान्छु। गौतमका यिनै स्वभावका कारण उनलाई पदावधि दुई वर्ष बाँकी छँदै हटाउन खोजिएको हुनसक्छ। यति कुरा मिडियामार्फत बोल्दा मलाई अप्ठ्यारो पार्न खोजिन सक्छ। तर म व्यवसायीभन्दा पहिला एउटा जिम्मेवार नागरिक हुँ, यति कुरा भन्नैपर्छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.