मानव बेचबिखनमा संलग्न पक्राउ
मेलम्ची : सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१३ छापभञ्ज्याङबाट मानव बेचबिखनमा संलग्नलाई आइतबार साँझ प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
आफ्नै नाताभित्रकोे एक महिलालाई बेचेको अभियोगमा मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाएका छापभञ्ज्याङका २६ वर्षीय सुवास सार्की २०६९ चैत २८ गतेदेखि फरार रहेका थिए ।
विशेष सूचनाका आधारमा प्रहरीले अभियुक्त सार्कीलाई घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले बताए। कार्कीलाई आवश्यक कारबाहीका लागि सोमबार नै जिल्ला अदालत चौतारा बुझाइने जानकारी दिए ।
मानव बेचबिखनमा निज अभियुक्तका बाबुछोरा नै संलग्न रहेका थिए । अहिले अभियुक्तका बाबु रामचन्द्र सार्की सुन्दरा कारागारमा जेलजीवन बिताइरहेका छन्।रासस