दुई वर्षीया बालिका बलात्कारको अभियोगमा वृद्ध प्रक्राउ
बनेपा: काभ्रेको भुम्लु गाउँपालिका १० कोलातीकी दुई वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सोही गाउँका ५८ वर्र्षीय तिर्थबहादुर पहरीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले प्रक्राउ गरेको छ।
बालिका बलात्कार भएको घटनाबारे पीडितका आमाबुबाले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा पहरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरी उपरीक्षक महेन्द्र मरासिनीले घटनाबारे थप अनुसन्धान भईरहेको बताए। उनले आरोपित पहरी अपांग भएको र उनका दुबै हातखुट्टा नचल्ने गरेको पीडित बालिकालाई सेभ हाउस धुलिखेलमा राखिएको छ भने पहरी प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।