ब्रेनट्युमरकी सिकिस्त रुपी भुजेललाई एक लाख रुपैयाँ
गोरखा: ब्रेनट्युमरकी बिरामी रुपी भुजेलको उपचारका लागि आँबुखैरेनी समाज सेवा संस्थाले आर्थिक संकलन गरेको छ।
आँबुखैरेनी गाउँपालिका २ मार्किचोक पौवा निबासी २१ वर्षीया रुपीको उपचारका लागि समाजसेवा संस्थाले एकलाख रुपियाँ जुटाएको संस्थाका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए।
संकलन गरिएको एक लाख रुपैयाँको चेक संस्थाका अध्यक्ष तथा आँबुखैरेनी गाउँपालिकाका प्रमुख गिरबहादुर थापाले रुपीका दाजु दुर्गाबहादुर भुजेललाई हस्तान्तरण गरे।गरिब परिवारकी रुपीको काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत छन्।
उनको उपचार खर्च तीनलाख रुपियाँ लाग्ने अस्पतालले जानकारी दिएपछि परिबारले पैसा जुटाउन नसक्ने भन्दै अस्पतालबाट घर ल्याउने तयारी गरेको थियो। उपचार खर्चको अभावमा २१ बर्षको उमेरमा रुपीले जीवन गुमाउनु पर्ने भएपछि आँबुखैरेनी समाजसेवा संस्थाले रुपी बचाउ अभियान सञ्चालन गरेको थियो।
'तीनहप्तासम्म रुपी बचाउ अभियान सञ्चालन गर्दा एकलाख रुपियाँ संकलन भएको छ' संस्थाका अध्यक्ष श्रेष्ठले भने 'गाउँलेहरु मिलेर पनि पैसा खोजबीन गरिरहेका छन्। उनीहरुले ९७ हजार संकलन गरिसकेका छन्।' अझै एकलाख रुपियाँ अपुग भएकाले अर्थ संकलन गरिने उनले बताए।