रेबिजको सुई लाउन ५० हजार खर्च

रेबिजको सुई लाउन ५० हजार खर्च

गमगढी: जिल्लाका विभिन्न स्थानमा बौलाहा कुकुर र स्यालले टोक्ने क्रम बढे पनि जिल्ला अस्पतालमा रेबिजविरुद्ध लगाउने इन्जेक्सन (सुई) पाइँदैन। उक्त इन्जेक्सन लगाउन ५० हजार रुपैयाँभन्दा बढी खर्च गरेर जिल्लाबाहिर जान स्थानीय बाध्य छन्। पीडितहरू उपचारका लागि जिल्ला अस्पताल पुग्ने गरे पनि रेबिजविरुद्धको इन्जेक्सन नभएपछि नेपालगन्ज जानुपर्ने अवस्था आएको हो ।

नेपालगन्ज पुगी इन्जेक्सन लगाएर फर्किन कम्तीमा ५० हजार रुपैयाँ खर्च हुने गरेको पीडित बताउँछन्। जिल्ला अस्पतालमा एक सातायता स्याल र कुकुरले टोकेका सातजना बिरामी इन्जेक्सन लगाउन पुगेका थिए । जिल्ला अस्पतालले इन्जेक्सन नभएको भन्दै नेपालगन्ज जान रिफर गरेको थियो।

चार दिनअघि मात्र छायानाथ रारा नगरपालिका-३, इमा गाउँमा धनबहादुर खड्काका ६ वर्षीय छोरालाई बाटोमा खेलिरहेका बेला स्यालले टाउकोमा टोकेको थियो। त्यसलगत्तै बालकलाई जिल्ला अस्पताल लगे पनि रेबिजविरुद्धको सुई नभएको भनेपछि नेपालगन्ज लग्नुपरेको बाजे मोतीसिंह खड्काले जानकारी दिए।

आइतबार बिहान छायानाथ रारा नगरपालिका-२ का नौ वर्षीय कृष्णजंग बूढालाई पनि बौलाहा कुकुरले टोकेपछि तत्काल ५० हजार ऋण-सापट गरेर सुई लगाउन नेपालगन्ज लगेको बालककी आमा शान्ति बूढाले बताइन्।

रेबिजविरुद्धको एन्टी भ्याक्सिन सरकारले निःशुल्क उपलब्ध गराउने भए पनि जिल्ला अस्पतालले अहिलेसम्म माग नगरेको हो, जसको मार बिरामीले भोगिरहेका छन् । कार्कीबाडा गाउँमा आइतबार मात्र बौलाहा कुकुर र स्यालले तीनजनालाई टोकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.