बर्दिबासमा कांग्रेसको अग्रता, माओवादी पछ्याउँदै
बर्दिबास : महोत्तरीको बर्दिबास नगरपालिकामा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार प्रह्लाद क्षेत्रीले लिड गरिरहेका छन् । उपमेयरमा पनि कांग्रेसकै तारा देवी महतोले लिड गरिरहेकी छिन् । राति सावा २ बजेदेखि सुरु गरिएको मतगणनामा ६९५ मत गणना गरिसक्दा कांग्रेसको मेयरका उम्मेदवार प्रह्लाद क्षेत्रीले ३५० मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका मेयर पदका उम्मेदवार विदुर कार्कीले १८८ मत ल्याएर प्रह्लादलाई पछ्याइरहेका छन् ।
एमालेका मेयर पदका उम्मेदवार सुरेश बहादुर राउतले १५२ मत ल्याएर मेयर पदका उम्मेदवार कार्कीलाई पछयाइरहेका छन् । राजपाका मेयर पदका उमेदवारलाई जम्मा ३ मत प्राप्त भएको बर्दिबास नगरपालिकाको निर्वाचन कार्यालयको प्रमुख मनिराम न्यौपानेले बताए ।
कांग्रेसले उपमेयरमा २५७ , एमाले,२४० माओवादी केन्द्र १८३ र राजपा २ मत प्राप्त गरेको छ । बर्दिबास नगरपालिकाको वडा नम्ब १ र १४ वाट सुरु गरिएको मतगणनामा वडा नम्बर १ मा माओवादी केन्द्रले १२२ मत ल्याएर लिड गरिएको छ । यस वडामा एमाले ११९ मत ल्यार माओवादीलाई प्रतिस्पर्धामा छ । कांग्रेसका वडा अध्यक्षले ८० मत प्राप्त गरेका छन् भने , राजपाले २ मत प्राप्त गरेका छन् ।
चारवटा टिम बनाएर मत गणना चलिरहेको छ । पाँच दिन भित्र सबै पदका उमेदवारको रिजल्ट ल्याउने तयारी छ ।