वीरगन्जको मतगणना साढे ११ बजे सुरु हुने

वीरगन्जको मतगणना साढे ११ बजे सुरु हुने

वीरगन्ज : प्रदेश नम्बर २ को एक मात्र महानगर वीरगन्ज महानगरपालिकाको मतगणना मंगलवार बिहान साढे ११ बजे देखि सुरू हुने भएको छ । मंगलवार बिहान बसेको सर्वपक्षीय बैठकले बिहान साढे ११ बजे देखि मतगणना सुरू गर्ने निर्णय गरेको हो ।

 

ठाकुरराम बहुमुखी क्याम्पसमा बिहान साढे ११ बजे देखि मतगणना सुरू गर्ने निर्णिय भएको बैठकमा सहभागी मुख्य निर्वाचन अधिकृत विष्णु सुबेदीले जानकारी दिए । एकैपटक १० वटा स्थानबाट मतगणना सुरू गर्ने निर्णय भएको जानकारी दिदै उनले मतगणना स्थलमा सिसिटिभी क्यामेरा पनि जडान गरिएको बताए । यसका साथै मतगणना हुने हरेक कोठामा दलका प्रतिनिधहरुलाइ जाली बाहिरै बस्ने गरी व्यवस्था मिलाइएको छ ।

मतगणनास्थलमा एक दलबाट एक जना प्रतिनिधिलाइ मात्रै बस्ने दिने निर्णय बैठकले गरेको छ । सोमबार भएको निर्वाचनमा वीरगन्ज महानगरपालिकाको ३२ वटै वडामा कति मत खसेको छ भन्ने विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले अहिले सम्म यकिन तथ्यांक उपलब्ध गराएको छैन । सोमबार वीरगन्ज महानगरमा ७३ प्रतिशतको हाराहारीमा मत खसेको भनेर मुख्य निर्वाचन अधिकृत सुबेदीले बताएपनि खसेको मतको यकिन संख्याका बारेमा जानकारी दिएका छैनन् । वीरगन्ज महानगरपालिकामा कुल एक लाख ८ हजार ५ सय १ मतदाता रहेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.