मेसी चम्किएपछि बार्सिलोनाको सानदार जित
काठमाडौं : स्पेनिस ला लिगा अन्तर्गत मंगलबार राति भएको खेलमा बार्सिलोनाले अर्काे सानदा जित हासिल गरेको छ । यो संगै बार्सिलोना हालसम्म खेलेका ५ खेल मध्ये पाँचै वटामा जित निकाल्न सफल भएको छ ।
बार्सिलोनाकै घरेलु मैदानमा भएको खेलमा बार्सिलोना एइबरमाथि ६–१ को पराकिलो जित हात पार्न सफल भयो । बार्सिलोनाका लागि कप्तान लियोनल मेसी एक्लैले ४ गोल गरे । यस्तै पाउलिन्हो र डेनिस स्वारेजले १–१ गोल गरे । मेसीले २० औं मिनेटमा पाएको पेनाल्टीको अवसरमा गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । ३८ औं मिनेटमा पाउलिन्होले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा २–० को अग्रता लियो । ५३ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनाको अग्रता ३–० मा पुर्याए । ५७ औं मिनेटमा एनरिचले एइबरका लागि एक गोल फर्काए ।
यसपछि मेसीले ५९ र ६२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि बार्सिलोनाको अग्रता ५–१ मा पुग्यो । मेसी यतिमै रोकिएनन् उनले ८७ औं मिनेटमा चौथो गोल गर्दै बार्सिलोनालई ६–१ को सानदार जित दिलाउँन सफल भए । मेसीले यो सिजनमा १२ गोल गरिसकेका छन् ।
मंगलबार राति नै भएको ला लिगाको अर्काे खेलमा भ्यालेन्सियाले मालागालाई ५–० ले हरायो । ५ खेलबाट १५ अंक रहेको बार्सिलोना शीर्ष स्थानमा रहेको छ । भने ४ खेलबाट १० अंक जोडेको सेभिल्ला दोस्रो र ५ खेलबाट ९ अंक बनाएको भ्यालेन्सिया तेस्रो स्थानमा छ । गत सिजनको विजेता रियल मड्रिड ४ खेलबाट ८ अंक सहित पाचौं स्थानमा रहको छ ।