तेक्वान्दोमा नेपालको सम्भावना सकियो

तेक्वान्दोमा नेपालको सम्भावना सकियो

 

अस्गवाद : पाँचौं एसियन इन्डोर तथा मार्सल आर्ट्स गेम्सको तेस्रो दिन मंगलबार नेपाली तेक्वान्दो खेलाडीका लागि सुखद रहेन । नेपालले आशा गरेको तेक्वान्दो खेलमा सहभागी दुवैजना खेलाडीले पराजय भोगेका छन् । अस्गवादस्थित ओलम्पिक भिलेजको तेक्वान्दो डान्स स्पोटर््स एरेनामा भएको महिला ५३ केजी तौलसमूहमा नेपालकी नीमा गुरुङ र पुरुष ६३ केजी तौलसमुहमा बीरबहादुर महरा पहिलो चरणबाटै बाहिरिए ।

 

इरानकी नाहीद कीयानीचानडेहसँग २२-२ ले पराजित भएपछि नीमा अन्तिम १६ बाटै बाहिरिइन् । नीमामाथि नाहीद तीनवटै बाउटमा हावी बनेकी थिइन् । खेलपछि नीमाले नेपालमा सेन्सर प्याडमा अभ्यास गर्न नपाउँदा सोचेजस्तो प्रदर्शन गर्न नसकेको बताइन् । ‘विपक्षी ठिकै थिए तर, म सम्हालिन सकिन । सेन्सर प्याडमा खेलेर आउन पाएको भए नतिजा राम्रो आउँथ्यो । यहाँ आएर अलिकपति मात्र अभ्यास गरेको हो, थोरै अभ्यासले मात्र पुगेन’, २१ वर्षीया नीमाले भनिन् । निमा १२ औं दक्षिण एसियाली खेलकुद (साग) की रजत पदक विजेता हुन् ।

यसैगरी नेपालका बलिया प्रतिस्पर्धीका रुपमा हेरिएका बीरबहादुरले केही राम्रो प्रदर्शन गरे । ताजिकिस्तानका डाव्लाटमुरोड कारिमोभसँग भिडेका बीरबहादुर पहिलो बाउटमा ८-० अंकले पछि परेका थिए । तर दोस्रो बाउटमा उनले खेलमा पुनरागमन गर्दै विपक्षीलाई कडा चुनौती दिए । दोस्रो बाउटमा बीरबहादुरले ६-१ अंकले अगाडी रहँदै समग्रमा ९-६ अंक बनाए । तर तेस्रो तथा अन्तिम बाउटमा ६-६ अंकको बराबरी खेले पनि बीरबहादुर डाव्लाटमुरोडलाई १५-१२ अंकको झिनोअन्तरले नतिजा सुम्पन बाध्य भए । पहिलो बाउटमा कमजोर खेल्दा उनको अघिल्लो चरणको यात्रा रोकिन पुग्यो।

खेलपछि निरास बनेका बीरबहादुरले पनि नेपालमा सेन्सर प्याडमा अध्यास गर्न नपाएकोले राम्रो खेलेर पनि हार्नु परेको बताए । ‘हामीलाई सेन्सर प्याडमा खेल्ने बानी छैन । ठूला प्रतियोगिता खेल्दा सेन्सर प्याडमै खेल्नु पर्छ । मैले सकभर राम्रो खेल्ने प्रयास गरें । कमब्याक पनि गरेको थिए तर, मेरा लागि दुर्भाग्य भयो । पहिलो बाउटमा अंक गुमाउँदा दुःख लागेको छ,’ २२ बर्षीय बीरबहादुरले भने ।

बीरबहादुरले जारी प्रतियोगिताको मार्च पास्टमा नेपालको झण्डा बोकेका थिए । तेक्वान्दो प्रशिक्षक हरिहरप्रसाद पाण्डेले समेत सेन्सर प्याडमा खेलाडी अभ्यस्थ नहुँदा राम्रो खेलेर पनि हार खेप्नु परेको बताए । ‘सेन्सरमा नखेलेका हाम्रा खेलाडीलाई सेन्सरमा किक हान्न गाह्रो भयो । सँधै सेन्सरमा अभ्यास गराउन सके यस्तो अवस्था हुन्न’, प्रशिक्षक पाण्डेले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.