तीनकुनेमा भएको सडक दुर्घटनामा दुईको मृत्यु
![तीनकुनेमा भएको सडक दुर्घटनामा दुईको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/Accident-59c21b41d14c77.15740944_CXBOLJLtCD.jpg)
काठमाडौँ: काठमाण्डौको तीनकुनेनजिक गए राति भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। कोटेश्वरबाट गौशाला जाँदै गरेको बा६१प नम्बरको मोटरसाइकल राति करिब १ बजे पल्टिँदा चालक ललितपुर इमाडोलका ३८ वर्षीय राजु तामाङका साथै पछाडि सवार काभ्रेपलाञ्चोकका २८ वर्षीय विशाल लामाको मृत्यु भएको हो।
दुर्घटनामा परी गम्भीर घाइते भएका तामाङ र लामालाई उपचारको क्रममा मीनभवनस्थित निजामती अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
दुर्घटनामा संलग्न सवारी साधन प्रहरी नियन्त्रणमा रहेको महाशाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)