चाडपर्व विशेष सुरक्षा योजना लागू

चाडपर्व विशेष सुरक्षा योजना लागू

ललितपुर: महानगरीय प्रहरी परिसरले नजिकिँदै गएको दशैँ, तिहार, छठलगायतका चाडपर्वलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था चुस्त बनाउन बुधबारदेखि चाडपर्व विशेष सुरक्षा योजना २०७४ लागू गरेको छ।

जिल्लास्थित विभिन्न स्थानमा घट्नसक्ने घटनालाई समयमै रोक्न उक्त योजना लागू गरेको परिषरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गणेशबहादुर ऐरले बुधबार पत्रकार सम्मेलनमार्फत सो जानकारी गराएका हुन्।

विशेष सुरक्षाअन्तर्गत बैँक तथा वितीय संस्थाको सुरक्षा, चोरी नियन्त्रण, जुवातास नियन्त्रणको व्यवस्था, मादक पदार्थ सेवन गरेर झै–झगडा गर्नेको नियन्त्रण जस्ता कार्यक्रम रहेको परिषरका प्रमुख ऐरले बताए।

यस्तै गरी सुरक्षाअन्तर्गत जनचेतनामूलक कार्यक्रम जस्तै माइकिङ, घरदैलो, पर्चा पम्प्लेटिङ तथा विभिन्न स्थानमा अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरिँदै लैजाने उनले बताए।

जिल्लाभरि सुरक्षाका लागि आवश्यक जनशक्ति परिचालन गरिने योजना रहेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.