ट्राफिकको नजर हेल्मेटको ‘क्लिपमा’

ट्राफिकको नजर हेल्मेटको ‘क्लिपमा’

विराटनगर : विराटनगरको ट्राफिक चोकमा बुधबार बिहान एक युवा निलो रंगको मोटरसाइकलमा सवार थिए । उनलाई ड्युटीमा रहेका ट्राफिक प्रहरीले रोकेर काजपत्र मागे। हेर्दा उनले ट्राफिक सम्बन्धी कुनै नियमको उल्लंघन गरे जस्तो देखिएन। ट्राफिक प्रहरीले रोक्न साथ ती युवाले सवारी चालक अनुमति पत्र (लाइसेन्स) र ब्लु बुक ट्राफिक प्रहरीलाई देखाए। ट्राफिकले ती युवाको लाइसेन्स नियन्त्रणमा लियो। लाइसेन्स नियन्त्रणमा लिएपछि उनी आफूले कुनै पनि नियमको उल्लंघन नगरेको र कागजपत्र पनि दुरुस्त रहेको भन्दै आपत्ति जनाए।

ड्युटीका ट्राफिक प्रहरीले युवालाई सम्झाउँदै भने, ‘तपाईले ट्राफिक नियमको उल्लंघन गर्नु भएको छ। त्यही भएर तपाईको लाइसेन्स नियन्त्रणमा लिइएको हो। अब तपाईलाई नियम उल्लंघन गरे बापत कारबाही गरेर मात्रै लाइसेन्स दिन सकिन्छ।’ आफूले ट्राफिक नियमको उल्लंघन नगरेको दाबी गरिरहेका ती युवालाई ट्राफिक प्रहरीले मोटरसाइकल चलाउँदा लगाएको हेल्मेटको फित्ताको ‘क्लिप’ नलगाएको खोट देखायो। ‘तपाईले नियम उल्लंघन गरे जस्तो देखिंदैन,’ ती ट्राफिक भन्दै थिए, ‘तर हेल्मेटको ‘क्लिप’ नलगाउनु पनि नियम उल्लंघननै हो।’

युवाले आफू हतारमा रहेका कारण ‘क्लिप’ लगाउन विर्सिएको भन्दै गल्ती स्वीकार गरे। ‘हतारमा भएर ‘क्लिप’ लगाउन बिर्सिए,’ उनले भने, ‘नियम अनुसार कारवाही भोग्न तयार छु।’

युवालाई ट्राफिकले पाँच सय रुपैयाँ जरिवाना गर्दै हेल्मेटको ‘क्लिप’ लगाउन सिकाएर पठायो। पछिल्लो समय नियम पालनाका सम्बन्धमा सडकमा निक्कै आक्रामक भएर उत्रिएको ट्राफिक प्रहरीले नियम उल्लंघनका ससाना घटनालाई पनि नियाल्न थालेको छ। ट्राफिक प्रहरीले हेल्मेटको ‘क्लिप’ नलगाउनेलाई पनि कारवाहीको दायरामा ल्याउन थालेको छ। मोटरसाइकल चलाएर कोही आउन साथ ट्राफिकको नजर हेल्मेटको ‘क्लिप’ मा पर्ने गरेको छ।

हेल्मेटको ‘क्लिप’ नलगाउने, मोटरसाइकल एवं अन्य सवारी साधन चलाएका बेला मोबाइलमा कुरा गर्ने, चार पाङ्ग्रे सवारी साधन चलाउँदा ‘सिट बेल्ट’ नबाँध्ने, तीन जना चढेर मोटरसाइकल चलाउने, मोटरसाइकल चलाउँदा हेल्मेट नलगाउने चालकलाई कारवाही गर्न थालिएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक मदन गिरीले बताए। ‘हेर्दा सामान्य जस्तो लाग्छ तर हेल्मेटको ‘क्लिप’ नलगाउनु पनि नियम उल्लंघननै हो,’ उनले भने, ‘मोटरसाइकल दुर्घटनामा परेका बेला हेल्मेटको ‘क्लिप’ नलगाएको चालकको टाउकोमा चोट लाग्ने र ज्याननै जाने सम्भावना बढी हुन्छ।’ ‘क्लिप’ लगाउँदा दुर्घटना भएमा हेल्मेटले टाउँको बचाउन सहयोग गर्ने गिरीले बताए।

गिरीका अनुसार तीन दिनमा मात्रै हेल्मेटको ‘क्लिप’ नलगाइकन मोटरसाइकल चलाउने तीन सय चालकलाई कारवाही गरिएको छ। पहिलो चरणमा पाँच सय रुपैयाँ जरिवाना गर्ने गरिएको बताउँदै गिरीले भने, ‘यही क्रमलाई पुन दोहो¥याए एक हजार पाँच सय रुपैयाँ सम्म जरिवाना गरिने छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.