मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

दमौली: म्याग्दे-४ थर्पुस्थित पृथ्वी राजमार्गमा भएको मोटरसाईकल दुर्घटनामा परी एक युवकको ज्यान गएको छ।

दमौलीबाट खैरेनीतर्फ जाँदै गरेको ग ७ प २४९० नम्बरको मोटरसाईकललाई पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ६२१५ नम्बरको ट्रिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार स्थानीय २२ वर्षका युवराज बरालको मृत्यु भएको हो।

दुर्घटनामा गम्भिर घाईते भएका बरालको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ।

मोटरसाइकलमा रहेका भानु ११ निवासी २५ वर्षका सुनिल गन्धर्व गम्भिर घाइते छन्। उनको पनि गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.