गौशला नगरपालिकामा माओवादी अघिअघि, फोरम पछिपछि

गौशला नगरपालिकामा माओवादी अघिअघि, फोरम पछिपछि

महोत्तरी : महोत्तरीको गौशाला नगरपालिकामा नेकपा (माओवादी केन्द्र)को अग्रता कायमै रहेको छ । दिउँसो संघीय समाजवादी फोरम नेपालले माओवादीलाई पछि परेर पहिलो स्थानमा आएको थियो । तर, अहिले माओवादी नै पहिलो स्थानमा रहेको छ ।

माओवादी केन्द्रले मेयर उम्मेदवारले दुई हजार ६ सय ३४ ल्याएका छन् भने उपमेयरले दुई हजा ६ सय २९ ल्याएको छ । संघीय समाजवादी फोरम नेपालका मेयर उम्मेदवार दुई हजार ३ सय मत ल्याएर मओवादीलाई पछ्याइरहेका छन् । फोरमकी उपमेयर उम्मेदवार २ हजार २ सय ७९ मत ल्याएर माओवादीलाई पछ्याइरहेकी छिन्।

गौशालामा नेपाली कांग्रेसले मेयरमा १ हजार ९ सय ४ र उपमेयरमा २ हजार ५६ मत प्राप्त गरेको छ भने, राजपा नेपालको मेयरले १ हजार ४ सय २३ मत प्राप्त गरेका छन् भने उपमेयरमा १ हजार ८ सय १६ मत प्राप्त गरेको छ ।

गौशालामा विजयी
गौशाला नगरपालिकाको १२ वडा मध्य ५ वडाको मत परिणम सार्वजनिक भएको छ । गौशाला नगरपालिकाको १ मा माओवादी केन्द्रका वडा अध्यक्ष भिमबहादुर मगर विजयी भएका छन् । गौशाला २ मा संघीय समाजवादी फोरम नेपालका वडा अध्यक्षका उमेदवार शेक शलामले जित हात पारेका छन् ।

त्यसैगी वडा नम्बर ३ मा नेपाली कांग्रेसका वीरेन्द्र चौधरी विजयी भएका छन् । गौशाला ४ मा माओवादी केन्द्रका रामबाबु साह विजयी भएका छन्।

माओवादी केन्द्रकै तर्फबाट गौशाला ७ मा विष्णु दनुवार विजयी भएका छन् । उनले विपक्षी राजपाका भोजराज साहलाई ३ मतको अन्तरले हराउँदै विष्णु जित हात परेका हुन् । फेरि मत गणनाको माग गर्दै भोजराजले निर्वाचन अधिकारी समक्ष निवेदन दर्ता गराउँदै छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.