८८ केजी सुन बरामद प्रकरण : चार सुन व्यवसायी पक्राउ

 ८८ केजी सुन बरामद प्रकरण : चार सुन व्यवसायी पक्राउ

काठमाडौं : ८८ केजी सुन बरामद प्रकरणमा प्रमुख मालिक मानिएका चिनियाँ नागरिकसँग ‘लिंक. देखिएको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले राजधानीमा सुन व्यवसायमा संलग्न चारसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कार्यविनायक सुनचाँदी गहना पसल न्युरोडका गणेशदत्त बडू, रविश्याम टे«डर्स नरदेवीका सत्यनारायण अग्रवाल, शाक्य सुनचाँदी पसल बांगेमुढाका शुभरत्न शाक्य, सिद्धनाथ सुनचाँदी खार्नी न्युरोडका उल्लास दिनकर सालुखे र पशुपति सुनचाँदी खार्नी न्युरोडका नन्दकुमार मर्गले छन् । अग्रवाल, सालुखे र मर्गले भारतीय हुन् । उनीहरू सुन पगाल्ने र खार्ने काम गर्छन् । अग्रवाल घडी व्यवसायी हुन् । शाक्य भने सुनको मान्यताप्राप्त जाँचकीसमेत रहेको जनाइएको छ ।

 

अनुसन्धानमा खटिएका प्रहरीका अनुसार दार्चुला स्थायी घर भएका ४२ वर्षीय बडू यार्सागुम्बा व्यवसायमा पनि संलग्न छन् । चीनमा यार्सागुम्बा निर्यात गर्ने उनको चिनियाँसँग राम्रो सम्बन्ध छ । यसैगरी, मधुवनी, भारत घर भएका ५९ वर्षीय मण्डल ०७२ साल पुसमा ११ लाख रुपैयाँसहित समातिएका थिए । मण्डलका कर्मचारी साढे नौ केजी सुनसहित समातिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । सुनसँग स्पष्ट सम्बन्ध नदेखिएपछि उनलाई सम्पत्ति शुद्धीकरण विभागमा बुझाइएको थियो ।

अपराध महाशाखाको टोलीले भदौ १९ गते क्षेत्रपाटीबाट पार्किङ गरिराखेको गाडीलाई नियन्त्रणमा लिई ८८ केजी सुन बरामद गरेको थियो । उक्त गाडी ठमेलमा होटल व्यवसाय गर्ने चिनियाँ नागरिक पान विई मिङको रहेको खुलेको थियो । सुन बरामद भएलगत्तै उनी पत्नी याङ वेन विङसहित फरार छन् । प्रहरीले उनको होटलको गाडी चलाउने र रसुवागढी-केरुङमा गाडी वारपार गर्ने तीन चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । अन्य भने पक्राउ पर्न सकेका थिएनन् । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार पक्राउ परेका चालक सुनको तस्करीबारे अनभिज्ञ छन् ।

चिनियाँ नागरिक मिङसँग सम्बन्ध रहेको भन्दै प्रहरीले चार सुन व्यवसायीसहित पाँच जनालाई नियन्त्रणमा लिएको हो ।

‘चिनियाँ दम्पतीसँग लिंक देखिएकाले पक्राउ परेका सुन व्यवसायीबाट अनुसन्धान बढाउन सकिने अवस्था छ., अनुसन्धानरत प्रहरी भन्छन् । सुन पसल रहेका बडूसँग सालुखे र मर्गलेको सम्बन्ध रहेको जनाइएको छ । बडू र चाइनिज दम्पतीबीच पटक-पटक सम्पर्क रहेको आधारमा मर्गले र सालुखेलाई नियन्त्रणमा लिइएको स्रोतले बतायो । ‘यसअघि सुन बरामद भएका घटनामा पनि मर्गले र सालुखेलाई निगरानीमा राखिएको थियो । केहीमा घुमाउरो लिंक पनि देखिएको थियो । केही खुल्न सक्छ कि भनेर अनुसन्धानमा राखिएको हो., प्रहरी भन्छन् ।

करोड बढी नगद र गहना बरामद

प्रहरीले पक्राउ परेका सुन व्यवसायीको पसलमा छापा मारी गरगहना र रकम नियन्त्रणमा लिएको छ । राजस्व अनुसन्धान विभागको टोलीसहित पुगेको प्रहरीले शुभरत्न शाक्यको पसलबाट एक करोड ४२ लाख रुपैयाँ, एक केजी दुई सय नौ ग्राम सुन र दुई केजी चार सय ७८ ग्राम चाँदी फेला परेको थियो । यसैगरी, गणेशदत्त बडूको पसलमा छापा मार्दा १० लाख ८२ हजार नेपाली रुपैयाँ, आठ हजार भारतीय रुपैयाँ, ११ सय अमेरिकी डलर तथा सत्यनारायण अग्रवालको डेराबाट १३ लाख ५० हजार रुपैयाँ फेला परेको महाशाखाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.