धर्मसन्तानका रुपमा हजारौं श्रीलंकाली शिशु युरोपमा बिक्री

 धर्मसन्तानका रुपमा हजारौं श्रीलंकाली शिशु युरोपमा बिक्री

एजेन्सी: श्रीलंकाका अधिकारीहरुले सन् १९८० को दशकताका हजारौं शिशुलाई धर्मपुत्र वा पुत्री बनाउनका निम्ति जालसाजीपूर्ण ढंगले विदेशमा बेचिएको स्वीकार गरेका छन्।डच भाषामा निर्मित एउटा वृत्तचित्रमा उनीहरुले ११ हजार जति बालबालिका युरोपका परिवारमा बेचिएको हुनसक्ने र दुवै पक्षलाई नक्कली कागजातहरु दिइएको स्वीकारेका बीबीसीले उल्लेख गरेको छ।

 

तीमध्ये केही शिशु बेबी फार्म भनिने पश्चिमा देशलाई शिशुहरु बेच्ने शिशु केन्द्रहरुमा जन्मिएको बताइएको छ।श्रीलंकाका स्वास्थ्यमन्त्रीले डच भाषाको एक समसामयिक विषयको कार्यक्रमलाई ती बालबालिकालाई उनीहरुलाई जन्म दिएका आमाहरुको बारेमा पत्ता लगाउन डीएनएको तथ्याङ्क संकलन गर्न 'डेटाबेस' बनाउने बताएका छन्।


झण्डै ४ हजार बालबालिका धर्मपुत्र वा पुत्री बनी नेदरल्याण्ड्स पुगेको र अरु बालबालिका स्वीडेन, डेनमार्क, जर्मनी र संयुक्त अधिराज्य लगायत देशका परिवारमा पुगका थिए।

धर्मपुत्रका स्वीकारिएका एकजना रोवान भ्यान भिलनले यसै वर्षको शुरुवातमा आफूलाई जन्म दिएकी आमालाई खोज्न पुनः श्रीलंका पुगको बीबीसीलाई बताएका थिए।

उनी २७ वर्षदेखि आफूलाई जन्म दिएकी आमाको बारेमा पत्ता लगाउन प्रयासरत छन् र उनी नेदरल्याण्ड्समा रहेको सामाजिक सञ्जाल समूहसँग आबद्ध छन्।

उक्त सञ्जालले श्रीलंकाली आमाहरुलाई धर्मपुत्र वा पुत्री बनाएर टाढिएका सन्तानसँग पुनर्मिलन गराउने गर्छ।
उनले भने, 'धर्मपुत्र वा पुत्री बनाइएका सन्तान र उनीहरुका आमाले गलत जानकारी पाउने गर्छन् जसले निकै अप्ठ्यारो उत्पन्न गराउँछ।'

श्रीलंकाली धर्मपुत्रपुत्रीलाई उनीहरुको परिवारसँग पुनर्मिलन गराउन खोलिएको फेसबुक पेजका थुप्रै सदस्य छन्।

'धर्मपुत्र वा पुत्री बनाइएका सबैको हामी नेदरल्याण्ड्समा एउटा डीएनए संकलन ब्यांक बनाउन चाहन्छौं ताकि हाम्रा दाजुभाइ वा दिदीबहिनीहरु भए श्रीलंका पुग्नसक्छौँ। त्यसपछि स्वीडेन, डेनमार्क र जर्मनीलाई रहेकाहरुलाई पनि उनीहरुको डीएनए सो ब्यांकलाई दिन भन्नेछौँ।'

नाबालकको संरक्षणसम्बन्धी एक डच निकायले नेदरल्याण्ड्स सरकारलाई गत नोभेम्बरमा विदेशी बालबालिकालाई धर्मसन्तान बनाउन प्रतिबन्ध लगाउननेबारे पुनर्विचार गर्न भनेपछि जेम्बला नामक वृत्तचित्रमा संलग्न वृत्तचित्रकर्मीहरुले त्यसबारे अनुसन्धान गर्न सुरु गरेका थिए।

कैयौँ देशमा नीति विपरीत त्यस्तो अभ्यास देखिएको भन्दै उक्त निकायले विदेशी बालबालिकालाई धर्मपुत्र वा पुत्री बनाउन प्रतिबन्ध लगाउनका लागि सुझाएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.