दुर्गा विसर्जन रोक्ने मुख्‍यमन्त्रीको निर्णय अदालतद्वारा खारेज

दुर्गा विसर्जन रोक्ने मुख्‍यमन्त्रीको निर्णय  अदालतद्वारा खारेज

कोलकाता: दशैंको भोलिपल्ट दुर्गा प्रतिमा विसर्जन गर्न रोक लगाउने पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीको निर्णय बिहीबार यहाँको उच्च अदालतले खारेज गरेको छ। पश्चिम बंगाल सरकारले दुर्गाको प्रतिमा विसर्जन र मुहर्रम एकै साथ गर्न नदिने आदेशको दिएको थियो।कसैको धार्मिक आस्थामा यो दिन गर, त्यो दिन गर भनेर सरकारले हस्तक्षेप गर्न नमिल्ने कोलकाता उच्च अदालतले स्पष्ट पारेको छ। अदालतले निर्णय सुनाउँदै भनेको छ, 'यस्तो मनोमानी आदेश दिन पाइँदैन।'

 

यसरी शक्तिको भरमा कसैको चाडवाड सार्न नहुने उसको स्पष्टोक्ति छ। ममता सरकारले भने मुहर्रमको काम मात्रै त्यो दिन गर्न आदेश दिएको थियो। यो वर्ष दुर्गा पूजा र मुहर्रम उही दिन १५ असोज गते (१ अक्टोबर) परेको छ।

पश्चिम बंगाल सरकारले मुहर्रम परेको भन्दै दशैंको भोलिपल्ट गर्नुपर्ने दुर्गा विसर्जन असोज १६, १७ वा १८ गते मात्र गर्न पाउने आदेश दिएको थियो। बुधबार पनि अदालतले ममता सरकारलाई यस्तो आदेश नदिन आग्रह गरेको थियो।

यसरी राज्यले दुई समुदायबीच भेदभाव हुने काम नगर्न आदेश दिएको थियो। दुर्गा पूजा र मुहर्रमका विषयमा यस्तो नियम नबनाउन आदेश दिएको छ। मिलेर बसेका समुदायबीच यस्तो अवस्था खडा गर्नु उचित नभएको अदालतको टिप्पणी छ।

यो वर्ष दशैंको भोलिपल्ट मुहर्रम पर्छ। यसैलाई निहुँ बनाएर ममाता बनर्जीले दुर्गाको प्रतिमा विसर्जन रोक्न आदेश दिएकी हुन्। यसकै विरोधमा अमरजीत रायचौधरीले २९ भदौ (१४ सेप्टेम्बर)मा कोलकाता उच्च अदालतमा रिट हालेका थिए।

उनले बंगालमा दुर्गा पूजा सबैभन्दा ठूलो चाड भएको र यसमा विधि, विधान र मुहूर्तको कुरा भएकाले सरकारले मिति नै सार्न खोज्नु गलत भएको दाबी गरेका थिए।

मुख्यमन्त्री ममताले पश्चिम बंगालमा साम्प्रदायिक सद्भाव नभएको भन्दै आफ्नो कदम उचित भएको दाबी गरेकी थिइन्। अदालतले भनेको छ, 'आफ्नो राज्यमा साम्प्रदायिक सद्भाव भएको भनेर तपाईं दाबी गर्नुहुन्छ अर्कोतिर दुई समुदायबीच साम्प्रदायिक विभेद खडा गर्ने काम किन गर्नहुन्छ ?

यसको आवश्यकता किन पर्‍यो?' अदालतले भनेको छ, 'सरकारसँग अधिकार छ तर असीमित अधिकार छैन।’ ममताले भने अदालतको आदेश गलत भएको भन्दै आलोचना गरेकी छन्।

जनप्रतिनिधि भएकाले आफूलाई कसैले पनि यसो गर, उसो गर भनेर सिकाउनु नपर्ने उनको दाबी छ। उनले भनिन्, 'कसैले मेरो घाँटी काटे काटोस् तर मलाई के गर्नुपर्छ भनेर सिकाउन आवश्यक छैन।'

यसअघि पनि ममताले पश्चिम बंगालमा सरस्वती पूजामा रोक लगाएकी थिइन्। अल्पसंख्यकलाई खुसी पार्ने निहुँमा परम्परादेखि प्रचलित र बहुसंख्यकमाथि ममता बनर्जी सरकारले दुःख दिने काम गरेको भन्दै बुधबार पनि विरोध गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.