बाराका पाँच स्थानीय तहको मतपरिणाम सार्वजनिक

बाराका पाँच स्थानीय तहको मतपरिणाम सार्वजनिक

सिमरा: परवानीपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा राष्ट्रिय जनता पार्टी (राजपा)का उम्मेदवार बिजयी भएका छन्। राजपाका हरिनारायण साह कलवार दुई हजार ६ सय ७७ मतका साथ बिजयी भए। साहले उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राम क्षेत्री पटेललाई ६ सय ७१ मतले पछि पारे। 

उपप्रमुखमा राजपाकी सावित्रीदेवी पटेल दुई हजार चार सय ७१ मत ल्याउदै विजयी भईन्। यसअघि राजपाले देवताल गाउँपालिका प्रमुखमा जित हात पारेको थियो। १६ स्थानीय तह रहेको बारामा अहिलेसम्म पाँच स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।

मतपरिणाम अनुसार निजगढ नगरपालिकामा कांग्रेस–माओवादी गठबन्धनका सुरेश खनाल मेयर र एमालेकी लिला खनाल लामिछाने उपमेयरमा निर्वाचित भएका छन्।

पचरौता नगरपालिकामा संघिय समाजवादी फोरमका रमेशकुमार यादव मेयर र राजपाकी ईन्दुकुमारीले उपमेयरमा जित हात पारेका छन्। देवताल गाउँपालिकामा राजपाका चन्दन सिंह प्रमुख र राजपती देवी उपप्रमुखमा बिजयी भएका हुन्।करैयामाईमा कांग्रेसका शम्भुप्रसाद यादव र लिला पण्डित बिजयी भएको प्रमुख निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए। बाराको ११ स्थानिय तहको मतगणमा भईरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.