चुनाव सम्पन्न भएकोमा संयुक्त राष्ट्रसंघ महासचिव खुसी
काठमाडौं : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले नेपालमा तेस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएकोमा स्वागत गरेका छन् । महासचिव गुटेरसका प्रवक्ता स्टेफेन डुजारिकले महासचिका तर्फबाट जारीगरेको वक्तव्यमा शान्तिपूर्ण रुपमा तेस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न भएकोमा नेपाली जनतालाई बधाइ दिएका छन् ।
यो निर्वाचन सम्पन्न हुनुले नयाँ संविधान अनुसार संघीयतामा जान बाटो खुलेको विज्ञप्तीमा उल्लेख छ । महासचिव गुटरेसले आगामी निर्वाचनलाई पनि शान्तिपूर्ण र समावेशी बनाउन नेपाल सरकार र राजनीतिक पार्टीलाई प्रोत्साहित गरेका छन् । उनले संविधानको कार्यन्वयन गर्दै समावेशी र प्रतिनिधिमूलक शासन व्यवस्था कायम राख्न नेपालकै सबै सरोकारवाला समक्ष आग्रह गरेका छन्