प्रदेश २ निर्वाचन : पुरानै पार्टीलाई विश्वास

प्रदेश २ निर्वाचन : पुरानै पार्टीलाई विश्वास

काठमाडौं : स्थानीय तहको तेस्रो चरणको मतपरिणामले अहिले पनि ग्रामीण भेगमा पुरानै पार्टीमाथि जनविश्वास रहेको देखाएको छ । सहरी तथा राजमार्ग क्षेत्रको मत सबै पार्टीलाई गएको छ ।

धनुषाका १८ स्थानीय तहमध्ये १२ वटाको मतपरिणाम सार्वजनिक भइसकेको छ । परिणामले कांग्रेस अगाडि देखाएको छ । कांग्रेसले ५ स्थानमा विजय हासिल गरेको छ । एमालेले तीनवटा स्थानीय तह जितेको छ । संघीय समाजवादी फोरमले दुई स्थानमा जित हात पारेको छ भने राजपा नेपालले एक स्थानमा मात्र मतपरिणाम आफ्नो पक्षमा पारेको छ ।

 

जनकपुर उपमहानगरपालिकासहित ६ स्थानीय तहमा मतगणना जारी छ । जनताको मत पुरानै पार्टीलाई बढी गएको मतपरिणामले देखाएको छ । धनुषाधाम नगरपालिकाको मेयर तथा उपमेयर कांग्रेस उम्मेदवार निर्वाचित भएका छन् । क्षिरेश्वर नगरपालिकामा पनि कांग्रेसले मेयर तथा उपमेयर जितेको छ । मिथिला बिहारी नगरपालिका मेयर÷उपमेहयमा एमाले विजयी भएको छ ।

संघीय समाजवादी फोरमले गणेशमान चारनाथ नगरपालिका र लक्ष्मीनिया गाउँपालिकामा विजय प्राप्त गरेको छ । गणेशमान चारनाथ नगरपालिकामा फोरम मेयरमा र माओवादी केन्द्र उपमेयरमा निर्वाचित भएको छ । लक्ष्मीनिया गाउँपालिकामा अध्यक्ष–उपाध्यक्षमा फोरम विजयी भएको छ ।
धनुषामा माओवादी केन्द्रको अवस्था पनि कमजोर देखिएको छ । हालसम्म माओवादी केन्द्र सहिदनगर नगरपालिकाको मेयर÷उपमेयरमा निर्वाचित भएको छ ।

जनकपुर उपमहानगरपालिकामा राजपा नेपाल मेयरमा कांग्रेसलाई तीन गुणा बढी मतले पछि पारे पनि अन्य तहमा राजपाको उपस्थिति राम्रो छैन ।

पर्साका ६ तहको नजिता सार्वजनिक

पर्साका १४ स्थानीय तहमध्ये १ नगरपालिका र ५ गाउँपालिकाको परिणाम सार्वजनिक भएको छ । त्यसमा माओवादी केन्द्रले दुई, कांग्रेस, फोरम नेपाल, एमाले र संघीय समाजवादी पार्टीले एक÷एक स्थानीय तहमा जितेका छन् ।पर्सागढी नगरपालिकामा कांग्रेस विजयी भएको छ । जिल्लामा ३ वटा नगरपालिका छन् ।

रौतहटमा ११ तहको परिणाम सार्वजनिक

रौतहटका १८ स्थानीय तहमध्ये शुक्रबार साँझसम्म ११ तहको परिणाम सार्वजनिक भएको छ । कांग्रेसले चन्द्रपुर, गढीमाई, परोहा, फतुवा विजयपुर, राजदेवी नगरपालिकामा विजय भएको छ ।
माओवादी केन्द्रका उम्मेदवार यमुनामाई गाउँपालिका र मौलापुर नगरमा विजयी भएका छन् । संघीय समाजवादी फोरमका उम्मेदवार बौद्धिमाई, इसानाथ, देवाही गोनाही नगरपालिकामा विजयी भएका छन् भने राजपा नेपाल गौर नगरपालिकामा विजयी भएको छ ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालको घर रहेको गौर नगरमा एमाले दोस्रो स्थानमा छ । चन्द्रपुर नगरपालिकामा कांग्रेस विजयी भएको छ । त्यस्तै, उपमेयरमा एमाले विजयी भयो ।

ससुरा मेयर, बुहारी उपमेयर
रौतहटको चन्द्रपुर नगरपालिकामा कांग्रेसका मेयरमा काकाससुरा रामचन्द्र चौधरी र उपमेयरमा बुहारी रामरती चौधरी विजयी भएका छन् ।
०४३ सालदेखि राजनीतिमा सक्रिय मेयरमा विजयी चौधरी नेविसंघ, तरुण दलको विभिन्न पद सम्हालेर चारपटक कांग्रेस महासमिति सदस्य भएका व्यक्ति हुन् ।

१० तहको नतिजा सार्वजनिक, १० बाँकी

सर्लाहीको २० वटा स्थानीय तहमध्ये १० स्थानको नतिजा सार्वजनिक भएको छ । कांग्रेसले ४ सिट, राजपाले ३, संघीय समाजवादी फोरम नेपालले १, लोकत्रान्त्रिक फोरमले १ र माओवादी केन्द्रले १ स्थानमा जितेको छ ।

कांग्रेसले बसबरिया, धनकौल गाउँपालिका, रामनगर, हरिपुर्वा नगरपालिकामा जितेको छ । राजपाले नेपालको बलर नगरपालिका, कौडेना गाउँपालिका, ब्रह्मपुरी गाउँपालिकामा जितेको छ भने संघीय समाजवादी फोरमले पर्सा गाउँपालिका, लोकत्रान्त्रिक फोरमले विष्णु गाउँपालिका, बाग्मती नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । एमालेले भने खाता खोल्न सकेको छैन । बाँकी १० स्थानीय तहको अन्तिम नतिजा आउन बाँकी छ ।

सप्तरीमा कांग्रेसको अग्रता
उता, सप्तरीमा कांग्रेसले अग्रता कायम गरेको छ । विष्णुपुर र बेल्ही चपेना गाउँपालिकापछि शुक्रबार कांग्रेसले अग्निसाइर कृष्णसवरन गाउँपालिकामा जित हासिल गरेको छ ।राजपा, नेपालले डाकनेश्वरी नगरपालिका, रुपनी गाउँपालिका जितेको छ । संघीय समाजवादी फोरमले तिरहुत गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जितेर खाता खोलेको छ ।एमालेले सप्तकोसी नगरपालिकामा बहुमत वडाध्यक्षसहित प्रमुख, उपप्रमुख पद जितेको छ । कांग्रेस र फोरमले ३÷३ स्थान, एमाले र राजपाले २÷२ स्थान, नयाँ शक्तिले एक स्थानमा अग्रता लिएको छ ।

महोत्तरीका ११ स्थानको नतिजा सार्वजनिक

महोत्तरीका १५ स्थानीय तहमध्ये बुधबार साँझसम्म ११ तहको नतिजा सार्वजनिक भएको छ । एकडारा, सम्सी, सोनमा, महोत्तरी गाउँपालिका र भंगहा, रामगोपालपुर, मटिहानी, बलवा, औरही, लोहारपट्टी र गौशाला नगरपालिका गरी ११ स्थानीय तहको नजिता शुक्रबार सार्वजनिक भएको छ ।
महोत्तरीका बर्दिबास, जलेश्वर नगरपालिका तथा पिपरा गाउँपालिका र मनराको मत गणना जारी छ ।
एकडारा गाउँपालिकामा राजपा, भंगहा नगरपालिकामा राजपा विजयी भएको छ ।

रामगोपालपुरमा माओवादी, शिवोदेवी मठिहानी नगरपालिकामा राजपा, वलवा नगरपालिकामा कांग्रेसका मेयर, राजपाका उपमेयर, औरही नगरपालिकामा कांग्रेस मेयर, राजपा उपमेयर, लोहारपट्टी नगरपालिकामा कांग्रेस, गौशाला नगरमा माओवादी, महोत्तरी गाउँपालिकाका प्रमुख पनि कांग्रेसले जितेको छ ।ग्निसाइर कृष्णसवरण गाउँपालिकामा कांग्रेस वियजी भएको छ ।

शुक्रबार रातिसम्मको परिणाम

biswas

 

(मनिका झा जनकपुर, क्रान्ति साह वीरगन्ज, फणि महत, रौतहट, राजकरण महतो महोत्तरी, मनोहरकुमार पोखरेल सप्तरी, सुनील ठाकुर सर्लाहीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.