मधेस आन्दोलनको उद्गम स्थलमा एमाले विजयी

मधेस आन्दोलनको उद्गम स्थलमा एमाले विजयी

सिरहा : मधेस आन्दोलनको उद्गमस्थल सिरहाको लहान नगरपालिका नेकपा एमालेले कब्जा गरेको छ । लहानको मेयरमा एमालेका मुनी साह र उपमेयरमा एमालेकै सरियार कुमारी चौधरी फराकिलो मतान्तर विजयी भएका छन् ।

मेयर साहले ११३०७ मत ल्याएर विजयी भएका छन् भने उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका अचमित लाल चौधरी ९१३८ मत पाएका छन् । यस्तै उपमेयर चौधरीले १११६८ मत ल्याएकी छिन् भने उनकी निकटम प्रतिस्पर्धी कांग्रेसकी पूनम चौधरी ९९०६ मत पाएकी छन् । मेयर साह २१६९ र उपमेयर चौधरी १२६२ मतको मतान्तरले विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

लहान मधेस आन्दोलनको उद्गम स्थल हो तर मधेसवादी दल संघीय समाजवादी फोरम नेपाल तेस्रो, राजपा नेपाल छैठौं र फोरम लोकतान्त्रिक सातौं स्थानमा सीमति भएका छन् । ०६३ माघ ५ गते लहानमा विद्यार्थी रमेश महतो मारिएपछि पहिलो मधेस आन्दोलन सुरु भएको थियो ।

एमालेले यसअघि सिरहाको सुखिपुर नपा, नरहा गाउँपालिका र सखुवा ननकारकट्टी गाउँपालिकामा जित हासिल गरिसकेको छ । सिरहाका १७ तहमध्ये १५ तहको परिणाम सार्वजनिक हुँदा माओवादी केन्द्रले मिर्चैया नपा, कर्जन्हा नपा, धनगढीमाई नपा, औरही र अर्नमा गाउँपालिकामा कब्जा जमाइसकेको छ ।

संघीय समाजवादी फोरम भने बरियारपट्टी, लक्ष्मीपुर पतारी, भगवानपुर र विष्णुपुर गाउँपालिका जितेको छ । यस्तै काँग्रेसले दुई स्थानीय तह नवराजपुर गाउँपलिका र कल्याणपुर नगरपालिकामा जित निकालेको छ । राजपाले हालसम्म एक सिट पनि जित्न सकेको छैन् ।

अब सिरहाका दुई स्थानीय तह गोलबजार र सिरहा नगरपालिकाको मात्र मतपरिणाम सार्वजनिक हुन बाँकी छ । गोलबजारमा माओवादी केन्द्र सुरुदेखि नै अग्रता लिएको छ भने सिरहा नगरपालिकामा आज विहानबाट संघीय समाजवादी फोरमले अग्रता लिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.