धनुषाका १६ स्थानीय तहको नतिजा सार्वजनिक
जनकपुरधाम : धनुषा जिल्लाको १८ वटा स्थानीय तहमध्ये १६ वटाको अन्तीम नतिजा सार्वजनिक भएको छ । हालसम्मको नतिजा अनुसार ७ नेपाली कांग्रेसले ७ तहमा जित हासिल गरेको छ । त्यसैगरी ४ वटामा नेकपा एमाले, २ वटामा माओवादी केन्द्र, २ वटामा संघीय समाजवादी फोरम, १ वटामा राजपा नेपाल निर्वाचित भएको छ ।
हालसम्मको मतपरिणाम अनुसार नेपाली काँग्रेसबाट क्षिरेश्वरनाथ नगरपालिकामा योगेन्द्र पजिया(५,८९९) , धनुषाधाम नगरपालिका बालेश्वर मण्डल (४,७७३) ,कमला नगरपालिका रामउदागर गोहित (४,०२०),जनकनन्दिनी गाउँपालिका अबदुल वारीक शेख (२,७१७), औरही गाउँपालिका ब्रह्मदेव यादव (२,५६९),धनौजी गाउँपालिका बद्री सिंह (२,४७०) र नगराइन नगरपालिका प्रमेश्वर साह (५०२९) मत ल्याएर मेयर पदमा विजयी भएका छन् ।
त्यसैगरी संघीय समाजवादी फोरमबाट गणेशमान चारनाथ नगरपालिका रामबाबु यादव (३,१२७) र लक्ष्मिनिया गाउँपालिका बिन्देश्वर यादव (३,४०४) निर्वाचित भएका छन् ।
नेकपा माओवादी केन्द्रबाट शहिदनगर नगरपालिका उदयकुमार वरवरिया यादव (५,०११), र विदेह नगरपालिका मेयरमा माओवादी केन्द्रका बेचन दास विजयी भएका छन् ।
नेकपा एमालेबाट मिथिला नगरपालिका हरिनारायण यादव (६,७४०), बटेश्वर गाउँपालिका डम्वरबहादुर राउत (२,३७७), मिथिला बिहारी नगरपालिका अनिल यादव (३,२४२) र मुखियापट्टी मुसहरनिया गाउँपालिका मनोज यादव (३,५४०) निर्वाचित भएका छन् ।
राजपा नेपालबाट हंसपुर नगरपालिका राम ज्ञान मण्डल (३,३२०) मत ल्याएर विजयी भएका छन् ।
धनुषामा अब जनकपुर उपमहानगरपालिका र सबैला नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक हुन बाँकी छ । जनकपुर उपमहानगरपालिकाको हालसम्मको मतगणनामा राजपा सात हजार मतले काँग्रेस भन्दा अगाडी रहेको छ ।