बोयर जातको बोकाले उत्पादनमा तेब्बर वृद्धि
सन्धिखर्क: मासुजन्य उत्पादकत्व सुधार तथा बोयर वर्णशंकर उत्पादन कार्यक्रम अन्र्तगत जालकाडाँ बाख्रापालन समुह सन्धिखर्क नगरपालिका डिर्भनाका कृषकहरुले शुद्ध बोयर जातको बोकाको प्रयोग गरी उत्पादनमा तेव्वर वृद्धि गरेका छन्।
किसानका लागी उन्नत बीउँविजन कार्यक्रम अन्र्तगत डिर्भनामा गत वर्ष १३ वटा र यो वर्ष ३ वटा बोयर जातको बोका वितरण गरीएको हो। जालकाडाँ बाख्रापालन समुहका अध्यक्ष गोपाल वस्यालले भने, गत वर्षको मंसिरबाट बोका पाएका थियौ, गाउँका १५३ घरधुरी संलग्न रहेको समुहले अहिले १२०० वाख्रापालन गर्दै आएका छन, बोयर जातको बोका बाख्रालाई लगाई उत्पादनमा तेव्वर वृद्धि भएको छ।
एउटा पाठा वा पाठी जन्मदा नै ४ देखी ५ किलोको हुन्छ, पहिलेको काठे वाख्रापालनमा १ वर्षमा २५ किलो हुन्थ्यो भने अहिले बोयर जातको बोका ल्याएपछी ३ महिनामा नै ३० किलाको हुन्छ, अध्यक्ष बस्यालले भने ।
वार्षिक एक खसी तथा बोकाको मासु एक क्वीन्टलभन्दा बढीको हुन्छ, बाखा्रले पनी ३÷४ वटा पाठापाठी पाउँछ, बोकालाई छाडा नछोडी व्यवस्थित खोर बनाएर बाधेर राखिएको छ उनले भने ।
जिल्ला पशु सेवा कार्यालय अर्घाखाँचीमा एक कार्यक्रमको आयोजना गरी थप ३ वटा अस्ट्रेलियाबाट ल्याएका बोयर जातका बोकाहरु कृषकहरु दिनानाथ आचार्य, मायाँ नेपाली र गोपाल भुसाललाई हस्तान्तरण गरीयो ।
बोका हस्तान्तरणमा जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. लोकनाथ पौडेलले भने बोकाहरुलाई व्यवस्थित खोर बनाई पाल्न आग्रह गर्दै ठिक रुपले पालिएको छ कि छैन, समय समयमा अनुगमन हुन्छ, अनुगमनमा कमजोरी भेटिए बोकाहरु फिर्ता गर्छौ,' उनले भने।
बोयर जातको बोका वितरण गरेसँगै सोही वडाका बासिन्दाहरु बाख्रापालनबाट आत्मनिर्भर बन्दै गएका छन, सुरुवातको समय भएपनी सदस्यहरुसँग कम्तीमा तिन देखी पैतिस वटासम्म बाख्रा रहेका छन्। अध्यक्ष बस्यालसँग मात्रै २५ वटा बाख्रा रहेका छन, उनले भने, 'सुरुवातको समय भएपनी यस पेशाबाट सन्तुष्ट छु।'