फोरमले सप्तरीमा अग्रता लियो

फोरमले सप्तरीमा अग्रता लियो

राजविराज: संघीय समाजवादी फोरम नेपालले खडक नगरपालिकामा जितेसँगै सप्तरीमा काँग्रेसलाई पछि पार्दै उछिनेको छ।खडक नगरपालिका प्रमुखमा फोरमका हेमायु हक विजयी भएका छन्। हक पहिलो संविधानसभामा निर्वाचित स्वतन्त्र सभासद सदरुल हकका छोरा हुन्।

 

तत्कालिन सभासद हकको हत्यामा उनका श्रीमति र छोरीलाई जेल सजाय भएको छ। उप-प्रमुखमा भने काँग्रेसकी यसमिन सुल्ताना खातुन विजयी भएकी छिन्।

खडग नगरपालिकाको जितसँगै सप्तरीको १८ स्थानीय तहमध्ये फोरम पाँच स्थानमा विजयी भएको छ ।
राजपा, नेपालले थप एक तहमा जितेर चार तहमा जितेको काँग्रेससँग बराबरी गरेको छ।

सप्तरीमा कञ्चनरुप, शम्भुनाथ र राजविराज नगरपालिकाका मतपरिणाम घोषणा हुन बाँकी छ। कञ्चनरुप र शम्भुनाथको मतगणना अन्तिम चरणमा पुगेको छ भने राजविराजको मतगणनाको सुरुवातसँगै विवाद हुँदा शनिबार विहानैदेखि स्थगित छ ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.