आन्दोलनकारी राजपा, जनमत फोरम नेपालको पक्षमा

आन्दोलनकारी राजपा, जनमत फोरम नेपालको पक्षमा

 

काठमाडौं : प्रदेश २ का १ सय ३६ स्थानीय तहमध्ये १ सय २५ तहको परिणाम सार्वजनिक भइसक्दा संघीय समाजवादी फोरम नेपाल एक्लैले ६ वटा मधेसी पार्टी समावेश राट्रिय जनता पार्टी (राजपा) नेपालभन्दा २÷३ सिट अघि छ । फोरम नेपाल राजपाभन्दा अघि बढ्नुको कारणबारे राजपा अध्यक्ष मण्डलका एक नेताले भने, 'मधेस र मधेसीको मुद्दा स्थापित गर्ने आन्दोलनलाई जनताबीच लैजान नसक्दा फोरम नेपाल जनमत पाउन सफल भयो ।'

 

१ सय ३६ तहका लागि भएको निर्वाचनमा न्यूनतम ५१ प्रतिशत सिट जित्न नसक्ने पार्टीले मधेस र मधेसीका लागि १३ महिने आन्दोलन, सातमहिने नाकाबन्दीको राजनीति अब अघि बढाउन नमल्ने दाबी गर्दै ती नेताले भने, 'अब मधेसको जनमत राजपामा नभएर फोरम नेपालमा ।' राजपासँग एकतामा नआएको तर विगतको १३ महिने संघर्षमा सँगै रहेको फोरम नेपाललाई समेट्न नसक्नु वा ऊसँग चुनावी तालमेल नगर्नु नै आजको जनमत रहेको निष्कर्षमा राजपाका केही सांसद देखिन्छन् । 

मधेस आन्दोलनमा मधेसीलाई गोली हान्ने कांग्रेसले ल्याएको जति सिट राजपाले ल्याउन नसक्नुमा पार्टीकै अतिवादी नेताको हात रहेको कुरासमेत अहिले पार्टीभित्र उठ्न थालेको छ । वरिष्ठ नेता हृदयेश त्रिपाठीको गुट सिध्याउन पार्टीकै उग्र नेताहरूले चलेको चाल आफैंविरुद्ध नै 'सुसाइड गोल' भएको धारणासमेत पार्टीमा रहेको छ ।

 'प्रदेश नं. २ को परिणामअनुसार नेतृत्वले नैतिकता देखाउनै पर्छ । नैतिकता देखाउने भनेको राजीनामा दिनु हो । नेतृत्वको अक्षमताले नै पार्टीले सकारात्मक परिणाम ल्याउन सकेन ।'     

संघीय समाजवादी फोरम नेपाल संसदीय दलका नेता अशोक राईले मधेस आन्दोलन र नाकाबन्दी राजपाले नभएर मधेसी जनताले सिंहदरबारको अधिकार मधेसमा ल्याउन गरेको संघर्ष रहेको बताए । 'त्यो संघर्षको नायक आफ्नो पार्टीका अध्यक्ष उपेन्द्र यादव भएको र पार्टी एक्लै चुनावमा गएकाले जनमत फोरम नेपालको पक्षमा आयो', उनले भने, 'राजपाले कुनै संघर्ष नै गरेन भने जनताले उसलाई मत दिने कुरै भएन ।' मधेसवादी दल र सत्ता पक्षको असहयोग हुँदाहुँदै पार्टीले ल्याएको परिणाम सन्तोषजनक रहेको उनले बताए । फोरम नेपाललाई मधेसी मात्र नभएर सिंगो नेपालीको जनमत पाएकोमा पार्टी जनताप्रति गौरवान्वित भएको उनले बताए ।

राजपा सांसद वृजेशकुमार गुप्ताले पार्टीका पक्षमा शनिबार साँझसम्म आएको परिणाम जित नभएर पराजय नै रहेको बताए । उनले भने, 'मैले यो परिणाम सकारात्मक मानेको छैन । पार्टीको अध्यक्ष मण्डलले मधेस आन्दोलनको जनमतका रूपमा प्राप्त मतपरिणामलाई लिए पनि म लिन्नँ, लिन मिल्दैन ।' १ सय ३६ तहमा हामीले सरदर २५ सिट मात्र जित्नु पराजय नै रहेको उनले बताए । 

राजपाभित्र वरिष्ठ नेता हृदयेश त्रिपाठीको नेतृत्वमा रहेको असन्तुष्ट पक्षभन्दा पनि अध्यक्ष मण्डलबीचको 'गुटगत स्वार्थ' यस्तो परिणामको जिम्मेवार भएको उनको आरोप थियो । 'प्रदेश नं. २ को परिणामअनुसार नेतृत्वले नैतिकता देखाउनै पर्छ', उनले भने, 'नैतिकता देखाउने भनेको राजीनामा दिनु हो । नेतृत्वको अक्षमताले नै पार्टीले सकारात्मक परिणाम ल्याउन सकेन ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.