वि.पी. सिद्धान्त र विचारमाथि नयाँ दिल्लीमा बहस

वि.पी. सिद्धान्त र विचारमाथि नयाँ दिल्लीमा बहस

नयाँ दिल्ली: बदलिंदो राजनीतिक परिवेशमा नेपाल भारतको सम्बन्धलाइ नयाँ ढंगले सोच्नुपर्ने आवश्यक्ता माथि दुबै देशका सरोकारबालाहरुबीच चिन्तन र वहस सरु भएको छ। बी.पी. कोइराला चिन्तन प्रतिष्ठान भारत शाखाको स्थापना मार्फत नेपाल र भारतका राजनीतिज्ञ, प्राज्ञिक, बुद्धिजीबी वर्गहरुबीच यो बहस सुरु गरिएको हो।

 

शुक्रबार नयाँ दिल्लीमा प्रतिष्ठानले बी.पी कोइराला इण्डिया नेपाल फाउन्डेसनसँगको सहकार्यमा बी.पी.को विचार र नेपाल-भारत सम्बन्धको बर्तमान अवस्था बारे पहिलो संबाद कार्यक्रमको आयोजना गर्‍यो। कार्यक्रममा सहभागी वक्ताहरुले विश्वेश्वर प्रसाद कोइरालाको राष्ट्रियता,प्रजातन्त्र र समाजवादको सिद्धान्त अहिलेको परिवेशमा पनि उत्तिकै सान्दर्भिक भएको धारणा राखेका थिए।

भारतीय काँग्रेस आइका नेता तथा नेपाल भारत सम्बन्धका नजीकबाट नियालेका अनुभवी डा. करण सिंहले बी.पी.लाइ दुइ मुलुकको स्वतन्त्रता संग्राममा सहभागी नेताको रुपमा चित्रण गरे। उनले भारतको स्वतन्त्रता संग्राममा सक्रिय सहभागी भएर जेल सम्म गएका बी.पीलाइ भारतका पहिलो प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरुसँग तुलना गरे। उनले भने, ‘भारतको स्वतन्त्रता संग्राममा नेहरुले दिएको योगदान जस्तै नेपालमा प्रजातन्त्रको बिजारोपणदेखि यसको संघर्षसम्ममा बीपीको योगदान रहेको छ ।'

सिंहले नेपाली जनताको हितकालागि अन्तिम समयसम्म पनि संघर्षरत जीवन बिताएका बी.पी.को त्याग र बलिदानलाइ युवाहरुले अनुसरण गर्नु पर्ने सुझाव दिए। उनले भने,‘नेपालको राजनीति, आर्थिक र सामाजिक उत्थानमा बीपीले अनुसरण गरेका सिद्धान्तहरुलाइ युवा पुस्ताले अगाडि लैजानपर्छ।'
कार्यक्रममा नेपालका राजनीति तथा अर्थ विश्लेषक अच्यूत वाग्लेले बी.पीको सिद्धान्तलाइ नेपालमा अहिले कम्युनिष्ट सिद्धान्तका कट्टर समर्थकहरुले पनि उत्तिकै सान्दर्भिक मानेको प्रसंग उल्लेख गरेका थिए।

त्यसैगरि उनले बी.पी.को पालादेखि नै भारतले संस्थाभन्दा व्यक्तिलाइ प्राथमिकता दिएको शैलीमाथि टिप्पणि गरे। भारतले विगतमा बी.पीको सट्टा मातृका प्रसाद कोइराला,सुबर्ण शमशेरलाइ, कृष्ण प्रसाद भट्राइको सट्टा गिरिजा प्रसाद कोइरालालाइ अनि गणतन्त्र स्थापना पछि गिरिजाको सट्टा प्रचण्डलाइ प्राथमिकताको जुन शैली अपनायो, त्यसले भारतको पनि हित भएको छ कि छैन् भन्ने मूल्याँकन गर्नुपर्ने देखिन्छ।

सरकारी संयन्त्र बाहेक नेपाल भारत सम्बन्धलाइ व्यवहारिक रुपमा समीक्षा गर्न तथ्य र तथ्याँकका आधारमा नीति बनाएर अघि बढाउनुपर्ने कुरामा जोड दिए। यस विषयमा प्राज्ञिक,बौद्धिक तथा नागरिक तहमा दुबै मुलुकका विश्वविद्यालय तथा खोज केन्द्रहरुमा बीपीको नाममा यस्ता संयन्त्रहरु स्थापित हुन सक्यो भने यसले नेपाल र भारत सम्बन्ध पारदर्शी,दीगो र संस्थागत हुन्छ , उनले थपे।

कार्यक्रममा बी.पी.की नातिनी तथा बलिउड नायिका मनिषा कोइरालाले बी.पीलाइ प्रारम्भमा माक्सबादको सिद्धान्तबाट प्रभावित भएको स्मरण गर्दै समाजवादी हुँदै प्रजातान्त्रिक विचारधारासम्म पुगेको उल्लेख गरिन्। उनले नेपाल भारत सम्बन्धको घनिष्टताको बारे चर्चा गर्दै बी.पीलाइ दुरदर्शी नेताको रुपमा संझने हो भने उनको राष्ट्रिय मेलमिलापको नीतिलाइ बिर्सन नहुने उल्लेन गरिन्। ‘एउटा मुलुकको सच्चा राष्ट्रभक्तले अर्को त्यस्तै मुलुकको पीडालाइ सजिलै बुझ्छ, किनकी उनीहरुले धैर्य, जुनुन तथा प्रतिवद्धता साझा गरेका हुन्छन्,' बी.पी.को भनाइ स्मरण गर्द कोइराला परिवारकी तेश्रो पुस्ता मनिषाले आफनो मन्तव्य टुँग्याएकी थिइन्।

भारतीय जनता पार्टीका नेता डा. अनिल जैनले पूँजीबाद तथा साम्यवादी धारलाइ विश्वमा विभिन्न मुलुकमा अनुसरण गरिएको उतिबेलाको समयमा बी.पीले समयुगी र तर्कसंगत व्यवस्थाको पक्षधर भएर नेपालको प्रजातन्त्रकोलागि लडेको स्मरण गरे। उनले भने, ‘भारतको स्वतन्त्राको लागि समेत संघर्ष गरेका उनले भारतमा बिताएको जेल जीवनले भारत नेपालको सम्बन्धलाइ अघि बढाउन मदत गरयो।'

बी.पी चिन्तन प्रतिष्ठान नेपालका संस्थापक हरिबोल भट्राइले बी.पीले मानवीय समाजलाइ केन्द्रमा राखेर बनाएको समाजवादको सिद्धान्त विगत, बर्तमान र भविष्यमा समेत उत्तिकै सान्दर्भिक हुने धारणा राखे। युवाहरुमा विश्वास गर्ने नेताको रुपमा रहेका बीपीलाइ संझदै नेपाली काँग्रेसका नेता भट्राइले भने, नेपालको राष्ट्रियता र प्रजातन्त्रका सेनानी बी.पीको राजनैतिक,आर्थिक उन्नती तथा सामाजिक न्यायमा संतुलित विचारधारा थियो। यसलाइ अघि बढाउने जिम्मेबारी अहिलेका युवा पुस्तामा आएको छ।

भारतकालागि नेपाली राजदूत दीपकुमार उपाध्यायले बीपीले अबलम्बन गरेका सिद्धान्तलाइ युवा पुस्तामाझ भारतका विभिन्न शहरहरुमा बहसमा ल्याउन बीपी कोइराला इण्डिया नेपाल फाउन्डेसनले सहयोग गर्ने धारणा राखे। उनले भने,‘नेपाल भारतको सम्बन्धलाइ नयाँ आयाम दिन बी.पी.को सिद्धान्तलाइ व्यवहारिक रुपमा कार्यान्वयमा ल्याउनु आवश्यक छ। त्यसकालागि नेपाली तथा भारतीय युवा पुस्ताहरुबीच समेत व्यापक छलफल आवश्यक छ। '

प्रतिष्ठानका भारत शाखाका संयोजक संदीप रानाले आगामी दिनमा बी.पीको सिद्धान्त र विचारलाइ विभिन्न तह र तप्कामा सरोकारबालाहरुबीच निरन्तर छलफल गराउँदै लैजाने उद्धेश्य अनुरुप कार्यक्रमहरु गर्दै जाने बताए। उनले भने, नेपालको राजनीति दिशाहिन भएको अहिलेको परिवेशमा बी.पी. विचारहरुलाइ ब्यूँत्याउनु आवश्यक छ । त्यसैले यो प्रयास सुरु गरिएको हो।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.