सवा करोड लिटर मदिरा आयात

सवा करोड लिटर मदिरा आयात

काठमाडौं : नेपालमा मदिरा पारखी बढ्दै गएपछि आयात पनि उच्च वृद्धि भएको छ । आर्थिक वर्ष २०७३÷०७४ मा एक करोड २४ लाख ४१ हजार लिटर मदिरा तथा मदिरा बनाउने कच्चा पदार्थ भित्रिएको छ । एक वर्षमा आयातीत मदिराको मूल्य तीन अर्ब १२ करोड ८८ लाख रुपैयाँ छ । अघिल्लो वर्ष दुई अर्ब २० करोड रुपैयाँको मदिरा तथा कच्चा पदार्थ भित्रिएको थियो ।

नेपालमा तयारी मदिराभन्दा मदिरा बनाउने कच्चा पदार्थ बढी भित्रिने गरेको भन्सार विभागले जनाएको छ । गत वर्ष विभिन्न मुलुकबाट १८ लाख ३९ हजार लिटर तयारी मदिरा भित्रिएको छ । मदिरा बनाउन पनि एक करोड ६ लाख लिटर कच्चा पदार्थ आयात गरिएको छ । कच्चा पदार्थको मूल्य मात्रै एक अर्ब ९१ करोड छ । मुलुकभित्र मदिरा उद्योग बढेसँगै कच्चा पदार्थको आयात बढ्दै गएको हो । नेपालमा मदिरा उत्पादन बढे पनि कच्चा पदार्थ विदेशबाटै आयात गर्नुपर्ने बाध्यता छ।

 

मुलुकभित्र प्रशस्त मदिरा उत्पादन गर्ने उद्योग थपिरहेका छन् । वैधानिक रूपमा मदिरा उत्पादन गर्ने उद्योग ८५ पुगिसकेको मदिरा उत्पादक संघका अध्यक्ष रवी केसी बताउँछन् । घरघरमा बनाइने मदिराको लेखाजोखा नै छैन । तर, पनि मदिरा बनाउने कच्चा पदार्थ विदेशबाटै आयात गर्नुपर्ने हुनाले ले आयात बढ्दै गइरहेको छ । पछिल्लो पाँच वर्षको मदिरा र कच्चा पदार्थ आयातले मदिरा सेवनकर्ता बढेको देखाउँछ । आव ०६९÷७० एक अर्ब ७६ करोड रुपैयाँ बराबरको मदिरा र कच्चा पदार्थ भित्रिएको थियो । आव २०७३÷७४ सम्म आइपुग्दा सवा तीन अर्ब पुगिसकेको छ ।

नेपाल मदिरा उत्पादक संघका अध्यक्ष रवी केसीका अनुसार बजारमा घरेलु, मिडल क्लास, अपर क्लास, प्रिमियम क्लास मदिरा उपलब्ध छन् । ‘प्रिमियम क्लासको मदिरा अधिकांश विदेशबाट आयात गरिन्छ’, उनले भने, ‘प्रिमियमभन्दा तलको मदिरा धेरैजसो नेपालमै उत्पादन हुन्छ ।’ अहिले पनि नेपालमा घरेलु मदिराको खपत अत्याधिक बढी हुने गरेको छ । स्वदेशमा उत्पादित मदिरामध्ये करिब ५० प्रतिशत हिस्सा घरेलु मदिराको भएको उनी बताउँछन् । प्रिमियम क्लासमा रेड लेवल, ब्ल्याक लेवल, गोल्ड लेवल, सिवास रिगल, रोयल सल्युट, ब्लु लेवललगायत पर्छन् । दरबारमार्गमा रहेको ग्रिनलाइनमा पाँच लाख रुपैयाँ पर्ने कोन्याक लुई १३ पनि छ । उच्च घरानिय बर्गले पिउने मदिरा अधिकांश विदेशबाट आयात गरिन्छ । ‘नेपालमा खपत हुने अपर र प्रिमियम क्लासका मदिरामध्ये करिब ८० प्रतिशत विदेशबाट भित्रिन्छ’, केसीले भने, ‘घरेलु र मिडल क्लास मदिरामा स्वदेशी उत्पादनले करिब ७०÷७५ प्रतिशत बजार ओगटेको छ ।’

2017-09-24--AP--01_BIZ

पछिल्लो समय नेपालमा ह्विस्की उत्पादन सुरु भइसकेको छ । नेपालमा उत्पादित वल्र्ड दरबारले विदेशी ब्रान्ड रेड लेवल, ब्ल्याक लेवल, भ्याट ६९ लगायत ह्विस्कीको बजार हिस्सा खोस्दै गइरहेको मदिरा व्यवसायी बताउँछन् । नेपालमा पछिल्लो समय वल्र्ड दरबार निकै लोकप्रिय छ । नेपाली भोड्का ब्रान्ड रोयल स्ट्याग, ८८४८ लगायतले विदेशी भोड्का प्रतिस्थापन गरिरहेका छन् । नेपालमा खपत हुने वाइन र बियर अधिकांश स्वदेशमै उत्पादित हो । घरेलु बजारमा वाइन र बियरका ब्रान्ड थपिने क्रम तीव्र छ ।

कुनै समय हाइक्लासका मानिने रेडलेवल, भ्याट ६९, ब्ल्याक लेवल, सिवास रिगललगायत मदिरालाई प्रतिस्थापन गर्ने खालका मदिरा पनि नेपालमा उत्पादन हुन थालेको छ । यो मदिरा अहिले मध्यम वर्गले पिउन थालेका छन् । अहिले सिंगल माल्टका विभिन्न रेन्ज धनाढ्य वर्गको ड्रिङ्स बन्न पुगेको छ । अरु थुप्रै प्रिमियम ब्रान्ड नेपाल भित्रिरहेका छन् । नेपालमा एक लाख रुपैयाँभन्दा माथि पर्ने दर्जन ब्रान्डका मदिरा उपलब्ध छन् । यी मदिरा धनढ्य मदिरा पारखीले पिउने गर्छन् । अझ बढी गिफ्ट दिनका लागि प्रयोग हुँदै आइरहेको छ ।

नेपालमा मध्यम वर्गका उपभोक्ताको मागलाई मध्यनजर गर्दै मदिरा उत्पादन गर्ने उद्योग धमाधम बढी छन् । बर्सेनि नयाँ ब्रान्ड थपिने क्रम जारी छ । रुस्लान भोड्का, रोयल स्ट्यागट, वल्र्ड दरबार, ८८८४, ब्लेन्डर्स प्राइड, एन्टीकुइटी, खुकुरी रम लगायत केही नेपाली ब्रान्ड लोकप्रिय छन् । हालैमात्र बजारमा प्रवेश गरेको लेली ब्रान्डको वाइन चर्चित बनिसकेको छ । ह्विस्की, बियर, भोड्का, वाइन, रमलगायत सबै प्रकारका मदिराको नयाँनयाँ ब्रान्ड थपिइरहेका छन् । नेपाली मदिरा उत्पादकले विदेशबाट कच्चा पदार्थ भित्र्याएर स्वदेशी ब्रान्डमा मदिरा उत्पादन गर्छन् ।

गत वर्ष नेपालमा सात करोड १४ लाख रुपैयाँको बियर आयात भएको छ । यस्तै, २६ करोड ७३ लाख रुपैयाँको वाइन भित्रिएको देखिन्छ । २७ लाख रुपैयाँ बराबरको रम आयात गरिएको छ । उल्लेखित मदिरामा नेपाल करिब करिब आत्मनिर्भर भइसकेको छ । महँगो प्रिमियम क्लासका ह्वीस्की, ब्रान्डीलगायत मदिरा विदेशबाट धेरै आयात भएको छ ।

नेपालमा प्रिमियम ह्विस्की र ब्रान्डी बनाउन सहज छैन् । ह्विस्की र ब्रान्डी पूर्णरूपमा प्राकृतिक तबरले उत्पादन गरिन्छ । लामो प्रकृयाबाट वर्षौं लगाएर उत्पादन गरिने भएकाले नेपालमा तत्कालै सम्भव नभएको व्यावसायी बताउँछन् । यी मदिरा इटाली, फ्रान्स, स्पेन, पोर्चुगल, बुल्गेरिया, चिली, साउथ अफ्रिका, स्वीडेन, डेनमार्क, क्युवा, ब्राजिल, इक्वेडरलगायत मुलुकबाट महँगा रक्सी भित्रिन्छ ।
नेपालका पाँचतारे होटलदेखि भट्टी पसलसम्म मदिरा पाइन्छ । केही वर्षअघिसम्म परिवार र आफन्तसँग लुकेर मदिरा सेवन गर्नुपर्ने हुन्थ्यो । महिला मदिरा सेवन गर्दैनथे । अचेल परिवारसँगै बसेर मदिरा सेवन गर्ने संस्कृति बढेको छ । महिला मदिरा सेवनमा अगाडि सर्न थालेका छन् । मदिरा बिनाको भोज भतेर अपूरो हुन थालेको छ । यसले नेपालमा मदिरा बिक्री ह्वात्तै बढाएको व्यवसायी बताउँछन् ।

भन्सार विभागका अनुसार नेपालमा चीन, फिलिपिन्स, सिंगापुर, मेक्सिको, बेल्जियम, फ्रान्स, जर्मनी, आयरल्यान्ड, इटाली, नेदरल्यान्ड्स, बेलायत, स्विट्जरल्यान्ड, अस्ट्रेलिया, जापान, भारत, दक्षिण अफ्रिका, अर्जेन्टिना, चिली, पोर्चुगल, स्पेन, अमेरिका, न्युजिल्यान्डलगायत मुलुकबाट मदिरा भित्रिन्छ । यस्तै, मेक्सिको, पोल्यान्ड, सिंगापुर, यूएई, स्वीडेन, ब्राजिल, कोरिया, रसिया, डेनमार्क, फिलिपिन्स, चेक रिपब्लिक, थाइल्यान्ड, इक्वेडर, बुल्गेरिया, भ्याटिकन सिटी, रोमानिया, युक्रेन, क्यानडा, पोल्यान्ड, क्युवा, श्रीलंका, आइसल्यान्ड, इरान, टर्कीबाट पनि विभिन्न ब्रान्ड र गुणस्तरको मदिरा आयात गरिँदै आएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.