प्राधिकरण वितरण केन्द्रमा आगलागी

 प्राधिकरण वितरण केन्द्रमा आगलागी

बैतडी: नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बैतडीमा गएराती आगलागी भएको छ। ११ केभी प्रशारण लाइनको इन्कमिङ फिडरमा आगलागी भएको नेपाल विद्युत प्राधिकरण बैतडीका प्रमुख मोहनदेव जोशीले जानकारी दिए।

३३ केभी प्रशारण लाइनलाई ११ केभीमा स्थानान्तरण गर्ने मेसिन आगलागीका कारण नष्ट भएको उनले बताए । विद्युत सट भएर आगलागी भएको हो। फिडरमा आगलागी भएसंगै नेपालबाट प्रशारण हुने विद्युत सेवा अवरुद्ध भएको प्रमुख जोशीले बताए।

उनले भने ‘३३ केभी प्रशारण लाइनबाट आउने विद्युतलाई ११केभीमा ट्रान्सफर गरि विद्युत प्रशारण हुने फिडर जलेर नष्ट भएको छ। यसले गर्दा नेपालबाट प्रशारण हुने ३३ केभी विद्युत सेवा अवरुद्ध भएको छ।'

अहिले भारतबाट आउने विद्युत प्रशारण भईरहेको प्रमुख जोशीले बताए। भारतबाट आयातित विद्युतले लोड धान्न नसक्ने भएकाले साँझको समयमा लोडसेडिङ हुने समेत उनले बताए। उनले भने‘ साँझ ६ बजेदेखि राती ११ बजेसम्म लोड धान्ने नभएकाले लोडसेडिङ हुन्छ।

नेपाल तर्फको विद्युत नबन्दा सम्म लोडसेडिङ हुनेछ। बिग्रेको लाइन बनाउनका लागि नेपालगञ्जबाट प्राविधिक आउने र बिग्रेको लाइन फिडर बनाउन ५/६ दिन लाग्न सक्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.