अमेरिकी युद्धक विमान उत्तर कोरियाली सामुद्रिक सीमानामा

अमेरिकी युद्धक विमान उत्तर कोरियाली सामुद्रिक सीमानामा

वासिङ्टन: अमेरिकी बमवर्षक तथा युद्धक विमानलाई शक्ति प्रदर्शन गर्ने उद्देश्यले शनिबार उत्तर कोरियाली सामुद्रिक सीमानामा पर्ने आकासमा उडाइएको छ। बमवर्षक र युद्ध विमान अमेरिकी क्षेत्र गुआम र ओकिनावा जापानबाट उडेका बताइएको छ।

 

तनावमा रहेको कोरियाली आकासमा अमेरिकी युद्धक विमानको आगमनले अमेरिका र उत्तर कोरियाबीचको तनावमा थप वृद्धि हुने देखिएको छ।

अमेरिका र उत्तर कोरियाली नेताहरूबीच विगत केही दिनयता वाकयुद्ध चलिरहेका बेला अमेरिकी युद्धक विमान उत्तर कोरियाली सीमा क्षेत्रमा यति नजीकबाट उडेको यो पछिल्ला केही दशक यता पहिलो घटना भएको बताइएको छ।

उत्तर कोरियाले विगत केही महिनायता गरेका निरन्तरका आणविक परीक्षणपछि अमेरिका लगायतका मुलुकहरूल कोरियाका यस्ता उत्तेजक क्रियाकलापलाई रोक्न भन्दै निरन्तर प्योङ्याङमाथि दवाव सिर्जना गरिरहेका छन्।

यसै बिषयलाई लिएर केही दिन पहिले अमेरिकाको प्रस्तावमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले कोरियामाथि आर्थिक प्रतिबन्धको घोषणा गरेको छ। उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने बिषयमा शुरुमा चीन र रसिया तयार नभएपनि हालै आएर उनीहरूले पनि प्योङ्याङको उत्तेजित गतिविधिलाई रोक्न प्रस्तावमा लचिलोबन्दै सहमति जनाएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै केही दिनपहिले उत्तर कोरियाली गतिविधि यसरी नै अघिबढिरहे वाशिङ्टनले आफ्नो लागि मात्र नभई सबै सहयोगी देशको सुरक्षार्थ कुनै कसर बाँकी नराख्ने बताउनुभएको थियो। तर उत्तर कोरियाली नेता किमले अमेरिकी राष्ट्रपतिको भनाइप्रति लक्षित गर्दै ‘कुकुर भुक्दै गर्छन्' आफ्नो मुलुक क्षेप्यास्त्र कार्यक्रम नरोक्ने चेतावनी दिएको थियो।

यसैको प्रतिक्रियास्वरूप शुक्रबार फेरि नेता किम साँच्चै 'पागल' भएको र उनलाई आफ्ना जनता भोकमरीमा परेको वा मरेको कुरामा चिन्ता छैन भनी उनको यसअघि कहिल्यै नभएको परीक्षण हुने चेतावनी ट्रम्पले दिएको थियो।

राष्ट्रसंघमा विश्व समुदायले किम र कोरियाको हतियार मोहलाई आलोचना गरिरहेका समय शुक्रबार प्योङयाङले अर्को हाइड्रोजन बम परीक्षणको धम्की दियो भने अमेरिकाले आफ्ना बमवर्षक तथा युद्धक विमानलाई उत्तर कोरियाको तटीय क्षेत्रमा उडाएर शक्ति प्रदर्शन गरेको छ।

राष्ट्रपति ट्रम्पको भनाईको जवाफ जस्तै लाग्ने भाषा प्रयोग गर्दै कोरियाली विदेशमन्त्री रिले ट्रम्पले आफूहरुको 'अपमान' गरेको उल्लेख गरे।'मानसिक विचलन भएका ट्रम्पले पछाडि फर्कनै नसक्ने किसिमको गल्ती गरेका कारण उत्तर कोरियाली रकेट अमेरिकी भूमिमा पुर्याउनु अपरिहार्य बनेको छ।' “ट्रम्पले उनको भाषणको महँगो मूल्य चुकाउनुपर्नेछ, रिले थपे।

केही समय पहिले ट्रम्पले आफू र आफ्ना समर्थक मुलुकहरुलाई खतरा पुर्याए उत्तर कोरिया पूर्ण रुपमा ध्वस्त बनाउने चेतावनी आफ्नो सम्बोधनका क्रममा बताएका थिए।

रिले महासभालाई सम्बोधन गर्नु पहिले नै अमेरिकी सैन्यकेन्द्र पेन्टागनले एक विज्ञप्ति जारी गर्दै भनेको छ, 'यो शक्ति प्रदर्शन कुनै पनि खतरा परास्त गर्न राष्ट्रपति ट्रम्पसँग कैयौं सैन्य उपाय छन् भन्ने देखाउने लक्ष हो।'

विज्ञप्तिमा भनिएको छ, 'सैन्य शक्ति पूर्ण क्षमतामा प्रयोग गरेर अमेरिका र सहयोगीहरुको भूमि सुरक्षा गर्न हामी तयार छौं। यो शक्ति प्रदर्शन कुनै पनि खतरा परास्त गर्न राष्ट्रपति ट्रम्पसँग कैयौं सैन्य उपाय छन् भन्ने देखाउने लक्ष हो।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.