नेपाल आइडलको भुल्न नहुने पाटो

नेपाल आइडलको भुल्न नहुने पाटो

अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको एचडी टेलिभिजन एपीवानबाट प्रसारित नेपाल आइडलको पहिलो सिजन सकिएको छ । पहिलो नेपाल आइडल बन्न सफल भएका छन्, गायनमा संघर्षरत नवप्रतिभा, बुद्ध लामा । धादिङमा जन्मिएर पोखरामा हुर्किएका लामासँगै अरू केही आशालाग्दा अनुहार नेपाल आइडलको मञ्चमार्फत नेपाली सांगीतिक क्षेत्रले पाएको छ । मोरङका निशान भट्टराई, ललितपुरका प्रताप दास र केन्जलमेहर श्रेष्ठ, चितवनका सागर आले, रूपन्देहीकी सुजाता पाण्डे, झापाकी दृष्टिविहीन मेनुका पौडेल र बाँकेका सुरज थापालगायतका थुप्रै नवप्रतिभा आफ्नो क्षमता प्रदर्शन गरेर ‘सेलिब्रेटी’ बनेका छन् ।

 

लुकेर बसेका संघर्षरत यी प्रतिभालाई क्षमता प्रदर्शन गर्ने मञ्च दिलाउन नेपाल आइडल सफल भएको छ । यस अर्थमा अन्नपूर्ण मिडिया नेटवर्कले व्यावसायिक सफलतासँगै नेपालको सांगीतिक क्षेत्रलाई थोरै योगदान गरेको र धेरै आशा जगाएको छ ।नेपाल आइडल नेपाली टेलिभिजन इतिहासमा भित्रिएको पहिलो अन्तर्राष्ट्रिय ‘फ्रेन्चाइज शो’ हो । यो पहिलो भएकै कारण यसप्रति दर्शक औधि आकर्षित भए । थोरै अवधिमा एपीवान टेलिभिजनले लाखौं दर्शक, शुभेच्छुक कमायो पनि ।

आइडलको फिनालेमा भएको व्यवस्थापकीय÷प्राविधिक कमजोरी र त्रुटिका कारण धेरैले खल्लो महसुस गरे । कतारको दोहाबाट प्रत्यक्ष प्रसारण गर्ने उत्साहजनक तयारी प्राविधिक त्रुटिका कारण निराशामा बदलियो । दर्शक, शुभेच्छुकसँगै अन्नपूर्ण मिडिया स्वयं यसबाट आघात महसुस गरिरहेको छ । अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले टेलिभिजन र पत्रिकामार्फत आम दर्शक र शुभेच्छुकसँग क्षमायाचना गरिसकेका छन् । क्याप्टेन थापाले यो त्रुटिलाई अन्नपूर्ण मिडिया नेटवर्कले गम्भीरतापूर्वक लिएको छ र यसलाई पाठका रूपमा लिएर आगामी दिनमा परिस्कृत र परिपक्व भएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । त्रुटि÷कमजोरीबाटै सिक्दै अघि बढ्ने हो । त्यसकारण फिनालेमा भएको त्रुटिलाई अघि सारेर नेपाल आइडलले नेपाली सांगीतिक क्षेत्रमा पुर्‍याएको योगदानको नजरअन्दाज गरिनु हुँदैन ।

नेपाल आइडलले केही महत्वपूर्ण सकारात्मक सन्देश दिएको छ– प्रथमतः अन्तर्राष्ट्रिय रूपमा सफल कार्यक्रम नेपालीकरण गरेर नेपाली दर्शकको मन जित्ने गरी सञ्चालन गर्न सकिँदो रहेछ । दोस्रो– नेपालमा पनि सम्भावना बोकेका प्रतिभा छन् । तिनीहरू उचित मौकाको खोजीमा छन् । अवसर पाए आफूलाई अब्बल सावित गर्न सक्दा रहेछन् । तेस्रो– दह्रो इच्छाशक्ति र रचनात्मक सोच भए आर्थिक र भौतिक समस्या र सीमितता जुट्दै जा“दा रहेछन् । यी केही महत्वपूर्ण सन्देश नेपाल आइडलको हकमा मात्रै लागू हुँदैनन् । नेपालमा थुप्रै क्षेत्रमा लुकेका प्रतिभा अवसरको खोजीमा छन् । तिनलाई उचित अवसर र मञ्च प्रदान गर्ने हो भने कला, संस्कृति, विज्ञान, प्रविधिलगायतका अरू क्षेत्रमा बुद्ध लामाहरू जन्मिन्छन् भन्ने सन्देश नेपाल आइडलले दिएको छ, जुन सकारात्मक छ ।

संविधानमा नेपाललाई कल्याणकारी राज्य भनिएको छ । गाँस, वास, कपास, शिक्षा, स्वास्थ्यलगायत रोजगार र सामाजिक न्यायको सुनिश्चितता गर्ने विभिन्न ३१ वटा मौलिक हकको व्यवस्था गरिएको छ, तर व्यवहारमा आधारभूत अधिकार पनि नागरिकलाई प्राप्त हुन सकेको छैन । कमजोर आर्थिक अवस्था भएका परिवारका बालबालिका पनि आधारभूत आवश्यकताबाट वञ्चित छन् । पढ्ने र विविध क्षमता विकास गर्ने कुरा कागजमै सीमित छ । यस अवस्थामा निजी क्षेत्रले क्षमतावान् प्रतिभा बाहिर ल्याउन गरेको यो प्रयास स्तुत्य छ । तर व्यवस्थापकीय वा प्राविधिक त्रुटिका आधारमा यस्तो प्रयासको अवमूल्यन गरिनु हुँदैन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.