अदालतलार्इ हैरान बनाए निलम्बित सभासद् सञ्जयले

अदालतलार्इ हैरान बनाए निलम्बित सभासद् सञ्जयले

 

काठमाडौं : प्रदेश २ को निर्वाचनमा कार्यकर्ता परिचालनको प्रयासमा लाग्न निलम्बित सभासद् सञ्जयकुमार साहले बयान लम्ब्याएर अदालतका कर्मचारीलाई हैरान बनाए । चुनावमा आफ्नो प्रभाव देखाउने सोचसाथ साह आरोपपत्र दर्ता भएको आठ महिनापछि अदालतमा बयानका लागि उपस्थित भएका थिए ।

जनकपुर बम काण्डमा संलग्न साहलाई जेलभित्रैबाट मधेस आन्दोलनलाई सघाएको आशंकामा ०७२ भदौ १७ गते सिरहा कारागारबाट काठमाडौं ल्याइएको थियो । उनी अहिले डिल्लीबजार कारागारमा थुनामा छन् । आपूmलाई थुनामा राख्ने अदालतको निर्णय ठीक नभएको भन्दै साहले दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ ।

 

०६९ वैशाख १८ गते भएको जनकपुरमा विस्फोटनमा पाँच जनाको मृत्यु भएको थियो । जसमा दुई दर्जनभन्दा बढी घाइते भएका थिए । कारागारामा ज्यान मुद्दाको सजाय भोगिरहेका साहमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जनको विषयमा मुद्दा चलाएको थियो । अख्तियारले २५ पुस ०७३ मा उनीमाथि विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्ता भए पनि उनी बयानका लागि अदालत आएनन् । थुनामुक्त भएपछि बयान दिने बताउँदै अदालत आउन आनाकानी गरेका साह प्रदेश दुईको निर्वाचन घोषणा भएपछि निवेदन लिएर विशेष अदालतमा हाजिर भए ।

भौतिक योजना तथा निर्माण राज्यमन्त्रीसमेत भइसकेका साहले पदको दुरुपयोग गरी ३१ करोड ५० लाख २६ बराबरको भ्रष्टाचार गरेको दाबी अख्तियारको छ । १४ भदौमा बयानका लागि साह विशेष अदालतमा आएका थिए । सामान्यतया एकदेखि दुई-चार दिनसम्म चल्ने अनुमान गरिएको साहको बयान लम्बिँदै गएर २३ असोजदेखि निरन्तरता दिने गरी दसैंअगाडि सकिएको थियो । पछिल्लो पटक २ असोजमा दिएको बयानलाई समावेश गर्दा साहले ४२ पेज लामो बयान दिइसकेका छन् ।

विशेष अदालतका सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले साहको बयान लम्बिएको बताए । उनले भने, ‘आरोप पत्रको शब्द-शब्द केलाउन थालेका कारण बयान लम्बिएको हो । दसैंअगाडि बयान सकिन्छ भन्ने थियो तर सकिएन ।’

अख्तियारले आरोपपत्रमा साहको बैंक खातामा भएको पैसा र उनले विभिन्न कम्पनीमा गरेको लगानीको स्रोत नखुलेको जनाएको छ । जनकपुरमा मिथिला आयल स्टोर, मिथिला मनी ट्रान्सफरलगायत व्यावसायिक क्षेत्रमा साहको लगानी छ ।

निर्माण र सुरक्षा निकायको खाद्यसामग्री आपूर्तिजस्ता कामको ठेक्कामा पनि साहको संलग्नता थियो । बाबु साधु साह सुडी, आमा दुलारी देवी सुडी, श्रीमती रंगिला देवी, भाइ रामकुमार साहको नाममा गैरकानुनी सम्पत्ति राखेको अख्तियारले जनाएको छ । यसका साथै राम मिलन राउत कुर्मी र मनोजकुमार सिंहकी श्रीमती निलम सिंहसमेतको नाममा उनले सम्पत्ति राखेको अख्तियारको दाबी छ । साहका श्रीमतीलगायतले मुद्दा दर्ता भएपछि तत्कालै अदालतमा उपस्थित भएर बयान दिए ।

बयान लम्ब्याउने क्रममा साहले कानुन व्यवसायीको सहयोग पनि लिएनन् । कारागारबाट प्रहरीको गाडी चढेर अदालत पुगेपछि साह अदालत परिसरमा केही समय टहलिन्थे । थुनामा रहेको अभियुक्तलाई हतकडीमा राखेर लगिए पनि अदालत परिसरमा पुगेपछि हत्कडी खोलिन्छ ।

‘अदालतमा सामान्य रुपमा मानिस भेट्ने सुविधा हुन्छ’, नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्लले भने, ‘प्रहरीको उपस्थिति हुने भएकाले मुद्दा प्रभावित गर्ने गरी भेटघाट भने हुन सक्दैन ।’अहिलेसम्म अदालतमा दिएको बयानमा साहले आरोप पत्रको आधाजसो भागमा मात्र प्रवेश गरेका छन् । अहिलेकै तरिकामा बयान दिने हो भने अझै केही समय लम्बिने अदालतका कर्मचारी बताउँछन् । 

अख्तियारले आरोप पत्र दर्ता गर्दा लगाएका सबैजसो आरोपको शब्द-शब्द खण्डनमा समय बिताएका थिए । जनकपुर क्षेत्रमा पटक-पटक विवादमा आइरहने साहले धनुषा जिविसबाट हुने विकास निर्माणको ठेक्कापट्टाबाट व्यवसाय थालेका थिए । व्यवसायमा जे पनि गर्न पछि नपर्ने साह ०६४÷६५ को मधेस आन्दोलनपछि राजनीतिमा सक्रिय भए ।

०६५ सालको संविधानसभामा मधेसी जनअधिकार फोरमबाट उम्मेदवार भएर साह धनुषा-४ बाट सभासद् भए । बाबुराम भट्टराई नेतृत्वको सरकारमा भौतिक योजना तथा निर्माण राज्यमन्त्री भएका साहले दोस्रो संविधानसभा निर्वाचनमा धनुषाबाट चुनाव जितेका थिए । संविधानसभा निर्वाचनमा उनी धनुषा-४ बाट प्रत्यक्षमा जित्ने सद्भावनाको एकल सभासद् हुन् । हाल उनी राजपानिकट छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.